ईँटा भट्टामा मान्छेलाई जिउँदै जलाएका अफताफ आलमको अस्पतालमा मृत्यू !
कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

२०८२ कार्तिक २२ शनिबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईटा भट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा दोषी साबित भईसकेको रौतहटका अफताफ आलमको मृत्यू भएको छ । उनको उपचारको क्रममा अस्तालमा मृत्यू भएको हो ।
नेपाली कांग्रेस पार्टीका पूर्वसांसद समेत रहेका आलमको काठमान्डौँस्थित रहेको केएमसी अस्पतालमा मृत्यू भएको हो ।
कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी) मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा मृत्यू भएको हो ।
कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्
उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।
उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…