न्यूज ब्यूरो, वीरगँज । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
त्रिवेणी सिन्थेटिकको रु चार करोड ३९ लाख ८३ हजार बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ताबापत त्रिवेणी सिन्थेटिकले रु १५ लाख ७१ हजार तिरेको हो ।
भोलीदेखि २५ गतेसम्म नेपाल भारत बोर्डर सील, आवागमन पूर्ण रुपमा बन्द रहने
- २०८२ कार्तिक २२ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शनिबारदेखि नेपाल भारत सीमा बन्द हुने भएको छ । छिमेकी मुलुक भारतको बिहार राज्यमा ११ नोभेम्बरदेखि हुन लागेको चुनावलाई मध्यनजर गरी कार्तिक २२ गते शनिबारदेखि
पूरा पढ्नुहोस्

.jpeg)


