न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले वैदेशिक रोजगारीमा गएर मृत्यु, अंगभंग वा गम्भीर बिरामी परेका श्रमिकका छोराछोरीलाई ‘वैदेशिक रोजगारी सन्तती छात्रवृत्ति सहायता’ उपलब्ध गराउन आवेदन आह्वान गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुनिल कुमार पासवानले एक सूचना जारी गर्दै नगरभरिका सम्बन्धित व्यक्तिले कार्तिक मसान्तभित्रै आवेदन दिन आग्रह गरेका हुन् ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको कार्तिक ३ गतेको सूचना अनुसार वैदेशिक रोजगारीमा संलग्न रहँदा निधन भएका, गम्भीर दुर्घटनामा परेका वा अस्वस्थ बनेका व्यक्तिका परिवारका विद्यार्थीलाई शिक्षा सहायताका लागि आवेदन मागिएको हो।
“नगरपालिका अन्तर्गत रहेका विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका छात्र–छात्राहरूलाई लक्षित गरिएकोछ। निर्दिष्ट मापदण्ड पुरा गर्ने विद्यार्थीहरूले २०८२ मंसिर ७ गतेभित्र आवश्यक प्रमाणपत्रसहित रोजगार सेवा केन्द्र, धनुषाधाम नगरपालिकामा निवेदन पेस गर्न सक्नेछन्।”– अधिकृत पासवानले भने ।
आवेदनका लागि कामदारको रहनसहनको प्रमाणपत्र, विद्यालयले सिफारिस गरेको अध्ययनरत कक्षाको प्रमाण, छात्र छात्राको नागरिकता वा जन्मदर्ता, अध्ययनरत विद्यालयको बैंक खाता विवरण, मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएको प्रमाणपत्र, निवेदक तथा कामदारबीचको नाता प्रमाणित कागजात, कामदार फर्कन नसकेको वा गम्भीर अवस्थाको प्रमाणपत्र (विदेशी रोजगार कार्यालय वा कम्पनीको) र छात्र छात्राको जन्मदर्ता प्रमाणपत्र पेश गर्न भनिएको छ ।
यस विषयमा थप जानकारीका लागि रोजगार संयोजक अनिल कुमार यादवसँग ९८५२८०५७६३ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।
इतिहास रचे भारतीय महिला क्रिकेट टिम, उचाले आईसीसी महिला विश्वकपको ट्रफी
- २०८२ कार्तिक २१ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । आइतबार साँझ डीवाइ पाटिल स्टेडियममा खेलिएको रोमाञ्चक फाइनलमा भारतीय महिला क्रिकेट टिमले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै आफ्नो पहिलो आईसीसी महिला विश्वकपको उपाधि जितेको छ।
पूरा पढ्नुहोस्





