न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजकुमार दासले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
गाउँपालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी र स्थानीय समाजका प्रतिनिधिहरूले दासलाई स्वागत गर्दै उनको कार्यकाल सफल कार्यकालको शुभकामना दिए ।
बुधबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत दासले पदभार ग्रहण गरे । उनले सेवा प्रवाहमा पारदर्शिता, प्रशासनिक कार्यमा दक्षता र सुशासनलाई मुख्य प्राथमिकताका रूपमा अघि सार्ने प्रतिवद्धता जनाए। उनले गाउँपालिकाको विकास, नीति कार्यान्वयन र जनसेवामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
गत साढे तीन वर्षको अवधिमा धनौजी गाउँपालिकामा पाँच जना प्रमुख प्रशासकीय अधिकृतहरूले पालैपालो जिम्मेवारी सम्हालेका थिए। बारम्बारको नेतृत्व परिवर्तनपछि अब छैटौं प्रमुख प्रशासकीय अधिकृतका रूपमा दासले नेतृत्व सम्हालेका छन् ।
स्थानीयवासीहरूले यसपटक प्रशासनिक स्थायित्व र निरन्तरता कायम हुने अपेक्षा व्यक्त गरेका छन्।
गाउँपालिकाका अध्यक्ष राजकुमार साहले पनि दासको अनुभव र कार्यदक्षताले गाउँपालिकाको प्रशासनिक कामकाजमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत दासले भने“जनताको सेवा नै मेरो पहिलो प्राथमिकता हो। पारदर्शिता, सुशासन र सेवा प्रवाहमा सुधार ल्याउन म सबैको सहकार्यमा काम गर्नेछु।”
५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !
- २०८२ कार्तिक २० बुधबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले
पूरा पढ्नुहोस्







