न्यूज ब्यूरो, राजविराज । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
गत असोज ०५ गते नै मिति राखिएको राजीनामा पत्र समाजिक सँजालमा भाईरल बनेको छ । उपाध्यक्षलाई सम्बोधन गर्दै लिखित रूपमा बुझाइएको राजीनामा पत्रमा व्यक्तिगत तथा कार्यगत कारणले पदमा निरन्तर काम गर्न कठिन भएको उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष चौधरीले यसलाई भ्रामक र झुठो बताएका छन् ।
समाजिक सँजालमा भाइरल बनेको राजीनामा पत्रमा गाउँपालिका अध्यक्षले गाउँपालिकाको नेतृत्वसम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त अनुभवलाई जीवनको महत्वपूर्ण उपलब्धि भन्दै आगामी दिनमा पनि समाजसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। आफ्नो राजीनामा स्वीकार गरी आवश्यक प्रक्रिया अघि बढाइदिन उनले अनुरोध गरिएको लेखिएको छ ।
गाउँपालिकाका उपाध्यक्षले पनि राजीनामा पत्रमा टिप्पणी गर्दै ‘कार्यपालिका बैठकको निर्णय अनुसार राजीनामा स्वीकृत गरिएको’ उल्लेख गरेका छन्। गाउँपालिका अध्यक्ष चौधरीले यसलाई केही अराजक व्यक्तिहरुले भ्रामक सूचना फैलाएको दाबी गरे । उनले आफू पदबाट राजीनामा नदिएको बताएका छन् ।
यस सन्दर्भमा गाउँपालिका उपाध्यक्षले फोन अफ गरेकी छन् भने कर्मचारीले राजीनामा बारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । अहिलेसम्म वेभसाइटमा गाउँपालिका अध्यक्ष चौधरीको तस्विर र विस्तृत पनि यथावतै छ ।

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८२ कार्तिक २० बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्






