न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रहरी प्रशासनविरुद्ध आन्दोलन सुरु गरेको छ ।
केही दिन अगाडी प्रहरी प्रशासनले अनावश्यक रुपमा व्यापारीहरुलाई दुःख दिएको भन्दै संघले आन्दोलन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बम र सई मनोज कुमार यादवलाई कारवाहीको माग गर्दै आन्दोलन गर्ने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघले जारी गरेको सूचनामा कार्तिक १८ गते मँगलबार जनकपुरको पसलहरु दिउँसो १२ बजेसम्म बन्द राख्ने घोषणा गरिएको छ । आईतबार र सोमबार पसलमा कालो झण्डा लगाएर विरोध जनाउने नभएको छ ।
गत कार्तिक २ गते सोनारपट्टिमा एक सुन व्यवसायीको पसलमा छापामारी गरी ४ किलो चाँदी बरामद गरेको थियो । त्यसलाई व्यापारीहरुले लुट भन्दै कारवाहीको माग गर्दै आएको छ । सोही क्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई चोटपटक लागेको थियो भने प्रहरीसँग व्यापारीहरुको झडप समेत भएको थियो ।

प्रसिद्ध भारतीय अभिनेता सतीश शाहको निधन
- २०८२ कार्तिक १६ शनिबार
न्यूज ब्यूरो । भारतीय सिने जगतका चर्चित कलाकार सशित साहको निधन भएको छ ।हिन्दी फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित वरिष्ठ अभिनेता सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ। भारतीय
पूरा पढ्नुहोस्



