विपीको स्मृतिमा नेविसंघ धनुषाद्धारा रक्तदान सम्पन्न
न्यूज ब्यूरो | जनकपुरधाम, ७ साउन । नेपाली काँग्रेसका स्वर्गीत नेता विपी कोईरालाको स्मृतिमा नेपाल विद्यार्थी सँघ ( नेविसंघ) धनुषाद्धारा रक्तदान कार्यक्रम गरिएको छ । नेपाली काँग्रेसका भातृ सँगठन नेविसँघले नेता विपीको स्मृतिमा जनकपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेविसंघका जिल्ला अध्यक्ष सँजय

२०७५ साउन ७ सोमबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ७ साउन । नेपाली काँग्रेसका स्वर्गीत नेता विपी कोईरालाको स्मृतिमा नेपाल विद्यार्थी सँघ ( नेविसंघ) धनुषाद्धारा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेसका भातृ सँगठन नेविसँघले नेता विपीको स्मृतिमा जनकपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
नेविसंघका जिल्ला अध्यक्ष सँजय यादवको अध्यक्षतामा जनकपुरमा सम्पन्न रक्तदान कार्यक्रममा दुई दर्जन बढीले रक्तदान गरेको जनाइएको छ ।
रक्तदान जीवनदानको मूल नारा सहित प्रदेश नं. २ का विपी प्रतिष्ठानका अध्यक्ष नवल किशोर यादवको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय अध्यक्ष नविन गोहिबार, नेकाँका पूर्व विद्यार्थी केन्द्रीय सदस्य सँजीव यादव, विद्यार्थी नेता पुष्पेन्द्र गोईत, मनोहर ठाकुर, कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल लगायतका नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…