गाँजा तस्करी र सेवनको केन्द्र बन्दै महोत्तरी, सहज छैन नियन्त्रण
बाबु प्रेम यदुवन्शी | महोत्तरी, ७ साउन । गाँजा विक्री वितरण, सेवन र तस्करीको मुख्य केन्द्र र नाकाको रुपमा प्रयोग हुने महोत्तरीमा गाँजा नियन्त्रण सहज छैन । विगतमा जिल्लामै लाईसेन्स लिई गाँजाको खेती र पछि लुकिछिपी रुपमा हुने गरेको खेतीले मात्र जिल्लाकै गाँजा पिउनेहरु को तथा भारतबाट समेत आउने डिमाण्डला

२०७५ साउन ७ सोमबार, बिहान ८:०५ बजे४ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, ७ साउन । गाँजा विक्री वितरण, सेवन र तस्करीको मुख्य केन्द्र र नाकाको रुपमा प्रयोग हुने महोत्तरीमा गाँजा नियन्त्रण सहज छैन । विगतमा जिल्लामै लाईसेन्स लिई गाँजाको खेती र पछि लुकिछिपी रुपमा हुने गरेको खेतीले मात्र जिल्लाकै गाँजा पिउनेहरु को तथा भारतबाट समेत आउने डिमाण्डलाई परिपुर्ती गर्न नसक्दा हाल अन्य जिल्लाहरुबाट समेत भारी मात्रामा गाँजा आउने गरेपनि त्यसको नियन्त्रण प्रहरीले गर्न सकेको छैन ।
गाँजालाई नेपाल सरकारले लागु औषधको सुचिमा राखेर यो वेच्न वा सेवन गर्न पुर्ण निषेधित गरेपनि यसको मांग बढ्न थालेपछि जिल्लामा मासिक करोडौंको गाँजा आउने गरेपनि प्रहरीले उक्त परिमाणको शुन्य दशमल केहि प्रतिशत मात्र पक्राउ गरि झारो मात्र टार्न सकेको छ । गाँजा तस्करीकै लागि प्रख्यात सिमाक्षेत्रका वस्ती तथा गाउहरु बथनाहा, अजमरपटटी, हलखोरी, अन्कार र भटौलिया लगायतका स्थानबाट दैनिक लाखौ रकम वरावरको गाँजा तस्करी हुने गरेको भएपनि उक्त स्थानहरुमा प्रहरीको पहुच हुन सकेको छैन ।
यता, स्थानिय भद्रभलादमीहरुले प्रहरीकै मिलोमतोमा तस्करी समेत हुने गरेको आरोप लगाउदै आएका छन् । गत आर्थिक वर्षमा मात्र प्रहरीले एकडारा गाउपालिका वडा नं. ३ अजमरपटटीबाट १८६ किलो गाँजा बरामद गरेको थियो भने अन्य स्थानहरुबाट गरि जम्मा २०९ किलो गाँजा नियन्त्रणमा लिईसकेको तथ्यांक प्रहरीको छ । यता चालु आर्थिक वर्षको पहिलो साता नै प्रहरीले अजमरपटटीबाट नै ३३ किलो गाँजा बरामद गरेको थियो । उक्त गाँजा नियन्त्रणमा लिने वेला दोहोरो भिडन्त समेत भएको प्रहरीले पत्रकार सम्मेलन गरि जनाएको थियो ।
यस्तो भन्छन् जनप्रतिनिधी ः
गाँजा तस्करीको बिषयमा एकडारा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बिलास राय भन्छन् “बास्तबमा उक्त वडामा गाँजा तस्करी हुनु कहि न कहिँ प्रहरी प्रशासनको प्रमुख भूमिका रहेको छ । कारण ठूलठूला क्राईम रोक्न सकिन्छन् गाँजा तस्करी किन रोक्न सकिदँैन ? न याहाँ गाँजा खेती हुन्छन् न तँ गाँजा तयार गरिन्छ । प्राय बाहिरबाट नै गाँजा तयार भएर आएको हुन्छन् ।” आफूले बेलाबेलामा महोत्तरी प्रहरीलाई गाँजा तस्करी रोकिदिन गुहार गरेपनि झुठो आस्वासन दिएर आफूलाई फिर्ता गरेको वडा अध्यक्ष रायले गुणसो पोखे । यहा गाँजाको खेती नहुनेगरेको कारण बास्तबिक तस्कर को हो भने आफूलाई पनि जानकारी नरहेको रायको भनाई छ ।
प्रहरीले तस्करको घरमा छापा मारेपछि आफू मुचुलका गर्न जाँदा एकजना पनि गाउँका मान्छे बास्तबमा यहाँ प्रहरीले छापा हानेको र यहि बास्तबिक तस्कर हो भनेर बताउन साहस जुटाउन सकेन्न । तस्करी रोक्न आफनो प्रमुख दायीत्व रहेको र प्रशासनलाई पनि आबश्यक सहयोग गरिदिन वहाँले गुहार गरे ।
एउटा पसलबाट मात्र हुन्छन् हजारौको बिक्री ः
जिल्लामा गाँजा बेच्ने सयौ पसलहरु छन् । जलेश्वर र आसपासका सिमबर्ती क्षेत्रका गाउँ तथा बस्तीमा रहेका एउटा पसलबाट दैनिक तिस देखि पचास हजार सम्मको गाँजा बिक्री हुने गरेको स्थानीय बुद्धिजीबीहरुको भनाई छ । स्थानीय एक पसलेका अनुसार बिगतमा उक्त आसपासमा गाँजा खेती हुदाँ अली बढि कमाई हुदै आएको र अहिले प्राय बाहिर बाट गाजाँ किनेर बेच्नु पर्दा कम फाईदा हुने गरेको छ । बेलुका अजमरपट्टि आसपासका क्षेत्रहरुमा गाजाँ पिउनेहरु प्राय अड्डा जमाएर बसेको सहजै देखिन्छ ।
यता, प्रहरीले ठुलै परिमाणमा गाँजा नियन्त्रणमा लिने गरेको प्रहरीको तथ्यांकले देखाएपनि जिल्लामा आउने गाँजाको परिमाण भयावह छ । विशेष गरि सुरकीकै आधारमा समातिने गरिएको भएपनि स्थानियहरुले भने गाँजाका डिलरहरुले एक अर्र्कासंग दुश्मनी साध्ने वेला मात्र यस्ता गाँजाहरु पक्राउ पर्ने गरेको स्थानियहरुको आरोप रहेको छ । स्थानियहरु तस्करीको अनुमति दिए वापत सुरक्षानिकायका ठुला अधिकारीहरुले मासिक रुपमै तस्करहरुसंग रकम उठाउने गरेको उनीहरुको आरोप छ ।
अनुसन्धानमै ब्यस्त प्रहरी ः
दैनिक हुने गाँजा तस्करीमा संलगन्ता रहेको स्थानीयहरुले आरोप लगाईरहेको बेला प्रहरी तस्करलाई नै समात्न ज्यानकै बाजी समेत लगाउने गरेको देखिएको छ । अजमरपटटिमै यसै साता गाँजा समात्न जादा तस्करहरु सँग प्रहरीले भिडन्त नै गर्नु परेको थियो । यती हुदाहुदैँ दुई महिनाको अन्तरालमा भएका दुईवटा तस्कारीको घटनामा संलगन तस्करहरुलाई प्रहरीले कारबाहि गर्न भने सकेको छैन् ।
२०७५ जेष्ठ ६ गतेका दिन प्रहरीले मारेको छापामा पहिचान भएका तस्करहरु निरन्जन मण्डल र रामनन्दन मण्डल लाई प्रतिपक्ष बनाई मुद्दा चलाईएको र २०७५ श्राबण ०१ गतेको तस्करीमा संलगन दुबै घटनाका अभियुक्त फरार रहेका कारण कारबाहि हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी प्रबक्ता डिएसपी खगेन्द्र बहादुर खड्काले बताएका छन् । जिल्लामा खुल्ला सिमाना र बिभिन्न चोरबाटोहरु भएका कारण तस्करहरु फरार हुन सफल भईरहेका डिएसपी खडकाले बताए । यस्ता तस्करीको घटनाहरुमा प्र्रहरीको कुनै संलगनता नरहेको भन्दै जुनसुकै बेला सुचना आएपछि हामी तस्करी रोक्न प्रयत्नशिल रहने र तस्करीमा संलगन हुने तस्करहरुलाई कारबाहि गर्न तयार रहेको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…