
न्यूज ब्यूरो, जनकपुरधाम । धनतेरसको पूर्वसन्ध्यामा जनकपुरको सोनापट्टीस्थित सञ्जय पायल ज्वेलर्समा प्रहरीले छापा मार्दा व्यवसायी र प्रहरीबीच झडप भई वातावरण तनावपूर्ण बनेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रबार साँझ उक्त ज्वेलर्समा छापा मारेर करिब चार किलो चाँदी नियन्त्रणमा लिँदा घटनाक्रम सुरु भएको हो। प्रहरीले उक्त चाँदी राजस्व छलेर ल्याइएको भन्दै सोकेसबाट निकालेर बाहिर राखेको थियो।
व्यवसायी पवन ठाकुरका अनुसार सोकेसमा रहेका चाँदीका गहनाबारे प्रहरीसँग छलफल भइरहेका बेला प्रहरी टोलीले व्यवसायीहरुको भनाइ बेवास्ता गर्दै बल प्रयोग गरेको हो। उनका अनुसार प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो।
झडपमा उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीसहित केही व्यवसायी घाइते भएका छन्। अध्यक्ष भण्डारीको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेकाले अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।
व्यवसायीहरुले प्रहरीले बिना बिल-विजकको आरोप लगाउँदै चाँदी नियन्त्रणमा लिएपछि त्यसबारे छलफल गर्न आग्रह गरे पनि प्रहरी नमान्दा स्थिति बिग्रिएको बताएका छन्। उनीहरुले प्रहरीको एकपक्षीय कारबाहीले व्यवसायी समुदायमा डर र असुरक्षाको वातावरण सिर्जना भएको बताएका छन्।
घटनापछि सोनापट्टी बजारमा तनाबपूर्ण अवस्था छ भने स्थानीय व्यवसायीहरु धनतेरसकै दिन पसल खोल्ने वा बन्द राख्नेबारे असमञ्जसमा परेका छन्। व्यवसायी पवन ठाकुरले भने, “यो घटनाले व्यापारीहरूमा भय र आक्रोश दुबै उत्पन्न भएको छ। प्रहरीको यस्तो व्यवहारले व्यापारी समुदाय निराश बनेका छन्।”
प्रहरीले भने घटना सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ।
विगत ४ बर्षदेखि जलकुम्भीले भरिएको पोखरी युवाहरुले गरे सफाई, ठेक्का लगाउने तयारी
- २०८२ कार्तिक २ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको झिटकहियास्थित विगत ४ बर्षदेखि बेकामे बेवारिसे रहेको पोखरी युवाहरु मिलेर सफाई गरी सँचालनमा ल्याएका छन् । धनुषाको औरही गाउँपालिका वडा नं. १ झिटकहियास्थित रहेको सार्वजनिक पोखरी
पूरा पढ्नुहोस्