जनकपुरमा व्यापारी र प्रहरीबीच झडप, गोली फायर, बाणिज्य संघका अध्यक्ष भण्डारी अस्पताल भर्ना !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा व्यापारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको सोनारपट्टिमा प्रशासनले छापामारी गर्न गएपछि व्यापारी र प्रहरीबीच झडप भएको हो । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी रोक्न तथा भन्सार छलीका समानहरु भित्र्याएको सूचनापछि छापामारी गर्न गएका प्रशासनसँग व्यापारीको झडप भएको हो । ब

२०८२ असोज ३१ शुक्रबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा व्यापारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको सोनारपट्टिमा प्रशासनले छापामारी गर्न गएपछि व्यापारी र प्रहरीबीच झडप भएको हो ।
चाडपर्वको समयमा हुन सक्ने कालोबजारी रोक्न तथा भन्सार छलीका समानहरु भित्र्याएको सूचनापछि छापामारी गर्न गएका प्रशासनसँग व्यापारीको झडप भएको हो ।
बेलुकी करिब ७ः४५ बजेको समयमै स्थानीय व्यापारी र प्रहरीबीच झडप भएको थियो । छापामारी गर्न नपाउने भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विरोध गरेपछि चोटपटक लागेको हो ।
भण्डारीले छापामारीको नाममा प्रशासनले व्यापारीहरुलाई दुःख दिन खोजेको भन्दै प्रतिकार गरेका थिए । सो क्रममा जनकपुर सोनारपट्टि (जानकी मन्दिरको दक्षिण क्षेत्र) तनावग्रस्त भएको थियो ।
प्रहरीले झडपको क्रममा आश्रुग्यास समेत चलाएको हो । चोटपटक लागेपछि अध्यक्ष भण्डारीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था समान्य छ ।
जानकारी अनुसार, भण्डारीलाई प्रहरीले हिरासतमा लिएको हो । (update)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…