जनकपुरमा व्यापारी र प्रहरीबीच झडप, गोली फायर, बाणिज्य संघका अध्यक्ष भण्डारी अस्पताल भर्ना !

२०८२ कार्तिक १ शुक्रबार
रति ८:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा व्यापारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको सोनारपट्टिमा प्रशासनले छापामारी गर्न गएपछि व्यापारी र प्रहरीबीच झडप भएको हो । 

चाडपर्वको समयमा हुन सक्ने कालोबजारी रोक्न तथा भन्सार छलीका समानहरु भित्र्याएको सूचनापछि छापामारी गर्न गएका प्रशासनसँग व्यापारीको झडप भएको हो । 

बेलुकी करिब ७ः४५ बजेको समयमै स्थानीय व्यापारी र प्रहरीबीच झडप भएको थियो । छापामारी गर्न नपाउने भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विरोध गरेपछि चोटपटक लागेको हो । 

भण्डारीले छापामारीको नाममा प्रशासनले व्यापारीहरुलाई दुःख दिन खोजेको भन्दै प्रतिकार गरेका थिए । सो क्रममा जनकपुर सोनारपट्टि (जानकी मन्दिरको दक्षिण क्षेत्र) तनावग्रस्त भएको थियो । 

प्रहरीले झडपको क्रममा आश्रुग्यास समेत चलाएको हो । चोटपटक लागेपछि अध्यक्ष भण्डारीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था समान्य छ ।  

जानकारी अनुसार, भण्डारीलाई प्रहरीले हिरासतमा लिएको हो । (update)

  • 67%
  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ कार्तिक १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus