मिथिलाबिहारी नगरपालिकाले रद्द गर्यो अस्थायी र करार सेवा कर्मचारीको नियुक्ति
नेपाल सरकार, प्रदेश तथा स्थानीय तहबीचको सहमति अनुसार अस्थायी र करार सेवाका कर्मचारीहरूलाई कायम नराख्ने निर्णय भएसँगै नगरपालिकाले यस सम्बन्धी सबै स्वीकृत दरबन्दी, नियुक्ति तथा सम्झौता रद्द गरेको जनाएको छ।

२०८२ असोज ३१ शुक्रबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिला विहारी नगरपालिकाले सबै अस्थायी र करार सेवासम्बन्धी नियुक्ति र सम्झौता रद्द गरेको छ ।
धनुषा जिल्लास्थित मिथिला विहारी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीहरूको नियुक्ति तथा सेवा सम्झौता रद्द गरेको हो।
नगर कार्यपालिकाको कार्यालयले विहिबार सार्वजनिक गरेको सूचनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंबाट २०८२ असोज ७ गतेको प्राप्त पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयका आधारमा अस्थायी र करारका कर्मचारीहरुको नियुक्ति रद्द गरिएको जनाएको छ ।
नेपाल सरकार, प्रदेश तथा स्थानीय तहबीचको सहमति अनुसार अस्थायी र करार सेवाका कर्मचारीहरूलाई कायम नराख्ने निर्णय भएसँगै नगरपालिकाले यस सम्बन्धी सबै स्वीकृत दरबन्दी, नियुक्ति तथा सम्झौता रद्द गरेको जनाएको छ।
यो निर्णयका कारण प्रशासनिक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीहरूको नियुक्ति स्वतः रद्द भएको सूचनामा उल्लेख गरिएको छ।
उक्त सूचना नगर प्रमुख राजेन्द्र प्रसाद यादव र प्रमुख प्रशासनिक अधिकृत उपेन्द्र न्यौपानेले संयुक्त रूपमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्।
नगरपालिकाले यस विषयमा सम्बन्धित सबै व्यक्तिहरू र निकायहरूलाई जानकारीका लागि सूचित गरेको छ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…