धनुषाको जनकनन्दिनी गाउँपालिकाको नयाँ कार्यालय प्रमुखको कार्यभार सम्हाले मण्डल
बुधबार जिन्सी शाखाका प्रमुख रामनरेश यादव, स्वास्थ्य शाखा प्रमुख रविभूषण यादव, रेमि परियोजना सँयोजक सुनिल कुमार पासवान, कम्यूटर अपरेटर सँजय कुमार यादव, प्राविधिक शाखा प्रमुख मुकेश कुमार मण्डल, रोजगार कर्मचारी कृति चौधरी, शिक्षा एवम् आईटी शाखाका ऋषिकेश यादव, प्रशासन शाखा प्रमुख लालबाबु पण्डित, रोजगार शाखाका सुरेन्द्र यादव लगायतका कर्मचारीहरुले अधिकृत मण्डललाई स्वागत गरेका थिए ।

२०८२ असोज २९ बुधबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा शिवेन्द्र कुमार मण्डलले कार्यभार सम्हालेका छन् ।
बुधबार एक समारोहबीच गाउँपालिकामा उनी विधिवत हाजिर भएका हुन् । समान्य प्रशासन मन्त्रालयले निमित्त अधिकृतहरु हटाएर शाखा अधिकृत पठाएकोमा मण्डललाई जनकनन्दिनी गाउँपालिकामा सिफारिस गरिएको थियो ।
सिफारिसको हप्तौपछि मण्डलले बुधबार कार्यभार सम्हालेका हुन् । उनलाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले कार्यालय प्रमुखको रुपमा स्वागत गरे ।
बुधबार जिन्सी शाखाका प्रमुख रामनरेश यादव, स्वास्थ्य शाखा प्रमुख रविभूषण यादव, रेमि परियोजना सँयोजक सुनिल कुमार पासवान, कम्यूटर अपरेटर सँजय कुमार यादव, प्राविधिक शाखा प्रमुख मुकेश कुमार मण्डल, रोजगार कर्मचारी कृति चौधरी, शिक्षा एवम् आईटी शाखाका ऋषिकेश यादव, प्रशासन शाखा प्रमुख लालबाबु पण्डित, रोजगार शाखाका सुरेन्द्र यादव लगायतका कर्मचारीहरुले अधिकृत मण्डललाई स्वागत गरेका थिए ।

उनी हाजिर भएपछि जनकनन्दिनी गाउँपालिकाको विकास निर्माण तथा अन्य योजनाहरु प्रक्रिया अगाडी बढने भएको छ । यसअघि निमित्तको रुपमा अयोधी दासले कार्यभार सम्हाल्दै आएका थिए ।
आज मिति २०८२ साल असोज २९ गते बुधबारका दिन यस जनकनन्दिनी गाउँपालिका खजुरी, धनुषाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्री शिवेन्द्र कुमार मण्डलज्यूले कार्यभार सम्हाल्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…