मधेश प्रदेशमा आज नयाँ सरकार बन्ने, अन्तिमसम्म एक्लै लडदै मुख्यमन्त्री सिँह

२०८२ असोज २८ मंगलबार
बिहान ०८:५३ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सभामा मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री नियु क्त हुँदा समर्थन दिने सबै दलहरुले सोमवार सम्म साथ छाडिसकेको छ । उनी सभासद रहेको जनमत पार्टीले सबै भन्दा पहिले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीबाट राजिनामा गर्न निर्देशन दिएको थियो । सीएम सिंहलाई दिएको समर्थन नेपाली कांग्रेस र एमालेले फिर्ता लिइसकेपनि लोकतान्त्रिक समाजवादी पार्टी९ लोसपा०ले समर्थन जारी राखेको थियो ।

लोसपा संसदीय दलका नेता जयनुल राईनलेपनि सोमवार समर्थन फिर्ता लिएपछि सिंह एक्लो सीएम रहेका छन् । सीएम सिंहले विश्वासको मत लिन दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।

सो बैठकको एकमात्र एजेण्डा विश्वासको मत रहेकोले सिंहले सम्बोधन गरेपछि राजिनामा दिने घोषणा गरेपछि बैठक समाप्त हुनेछ ।उनले राजिनामा घोषणा गरे नगरे त्यसको कुनै औचित्य नरहने सभासदहरुले जनाएका छन् ।

विश्वासको मतका लागि डाकिएको बैठकको सम्बन्धमा सोमवार कार्यसम्पादन समितिको बैठकपनि सम्पन्न भएको छ । विश्वासको मत मात्र एजेण्डा रहेकोले बैठकमा समान्य छलफल भएको सहभागि नेपाली कांग्रेसको प्रमुख सचेतक कुमरकान्त झाले जनाएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्रीको विश्वास मतको अध्याय समाप्त भए लगतै प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको सचिवालयलाई जानकारी गराउने छ ।त्यस लगतै प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरुलाई सरकार गठनका लागि आव्हान गर्ने छिन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि दावी प्रस्तुत गर्न तीन दलीय गठबन्धनले दावी पेश गर्ने कागजात तयार पारिसकेको सार्वजनिक भइसकेको छ । 

यता नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नदिन विपक्षी दलहरुसित मुख्यमन्त्री सिंह र लोसपाका नेता एवं पूर्व मन्त्री जितेन्द्र सोनल अबेर राती सम्म छलफलमा रहेका छन् । जनमत पार्टीका ६ जना सभासद मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ असोज २८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus