नेपाल अटो मेकानिकल्स ट्रेड युनियनमा महतो
विनय कुमार यादव | जनकपुरधाम, ५ साउन । नेपाल अटो मेकानिकल्स ट्रेड युनियन जिल्ला कमिटिको अध्यक्षमा जगदिस महतोलाई चयन गरिएको छ । शनिबार जनकपुरमा सम्पन्न जिल्ला तथा नगर भेलाबाट महतोलाई सर्वसहमतिले अध्यक्षमा चयन गरिएको हो । प्रदेश नं. २ का कानुन तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख

२०७५ साउन ५ शनिबार, राति ११:१८ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, ५ साउन । नेपाल अटो मेकानिकल्स ट्रेड युनियन जिल्ला कमिटिको अध्यक्षमा जगदिस महतोलाई चयन गरिएको छ ।
शनिबार जनकपुरमा सम्पन्न जिल्ला तथा नगर भेलाबाट महतोलाई सर्वसहमतिले अध्यक्षमा चयन गरिएको हो ।
प्रदेश नं. २ का कानुन तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाबाट महतोलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
युनियनको जिल्ला कार्य समिति गठन गर्दै उपाध्यक्षमा शत्रुधन कुमार यादव, सचिवमा निखिल कुमार गुप्ता, सह सचिवमा दिनेश कुमार दास तथा कोषाध्यक्षमा मेघ बहादुर श्रेष्ठलाई चयन गरिएको हो ।
समितिको सदस्यहरुमा राजनारायण पासवान, सँजीव कुमार साह, मुनसी साह, सुनिल यादव, राम प्रवोध महतो र मनोज यादव लगायतका रहेका छन् ।
यस्तै, समितिको सल्लाहकारमा भने सुरेश कुमार ठाकुर र रँजित साहलाई चयन गरिएको जनाइएको छ ।
भेलाबाट युनियनको लागि नगर कमिटि समेत गठन गरिएको छ । नगर कमिटिको अध्यक्षमा दिपक कुमार यादव, उपाध्यक्षमा सँतोष कुमरा राई, सचिवमा राजकुमार महतो, सह सचिवमा राशलाल यादव तथा कोषाध्यक्षमा राकेश कुमार दास रहेका छन् ।
सदस्यहरुमा भने गुडु साह र सँजय साहको नाम सिफारिस गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…