मधेशमा मुख्यमन्त्रीको लागि काँग्रेस र लोसपाबीच तानातान, मुख्यमन्त्री सिँहको आफ्नै दाउ 

२०८२ असोज २१ मंगलबार
बिहान ०९:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा कामचलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा नदिँदा सत्ता संकट लम्बिएको छ। जेन–जी आन्दोलनको बीचमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि सिंहले पछि आफूले राजीनामा नदिएको भन्दै पदमा कायम रहेका छन्।

उनको दल जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कांग्रेसले पनि समर्थन फिर्ता गरी आफ्ना मन्त्रीहरू बोलाइसकेको छ। तर सिंहले पद नछोड्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो।

कांग्रेस, एमाले, लोसपा नेपाल र जनमतबीच नयाँ गठबन्धन सरकार बनाउन सहमति भए पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी दशैंका लागि काठमाडौँमा रहेकाले प्रक्रिया रोकिएको छ।

यसबीच लोसपा नेपालले पनि सरकारको नेतृत्व गर्न दाबी गर्दै अन्य दलहरूसँग लबिङ थालेको छ। कांग्रेसमा पनि मुख्यमन्त्रीको नाममा मतभेद देखिएको छ।

प्रदेशसभाको असोज २८ गतेको बैठकमा सिंहले विश्वासको मत नपाए राजीनामा दिने सम्भावना छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक छ। सत्ता समीकरण बदलिँदै गए पनि अहिलेसम्म मधेशमा नयाँ सरकार टुंगो लाग्न सकेको छैन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ असोज २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus