मधेशमा मुख्यमन्त्रीको लागि काँग्रेस र लोसपाबीच तानातान, मुख्यमन्त्री सिँहको आफ्नै दाउ
प्रदेशसभाको असोज २८ गतेको बैठकमा सिंहले विश्वासको मत नपाए राजीनामा दिने सम्भावना छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक छ। सत्ता समीकरण बदलिँदै गए पनि अहिलेसम्म मधेशमा नयाँ सरकार टुंगो लाग्न सकेको छैन।

२०८२ असोज २१ मंगलबार, बिहान ९:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा कामचलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा नदिँदा सत्ता संकट लम्बिएको छ। जेन–जी आन्दोलनको बीचमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि सिंहले पछि आफूले राजीनामा नदिएको भन्दै पदमा कायम रहेका छन्।
उनको दल जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कांग्रेसले पनि समर्थन फिर्ता गरी आफ्ना मन्त्रीहरू बोलाइसकेको छ। तर सिंहले पद नछोड्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो।
कांग्रेस, एमाले, लोसपा नेपाल र जनमतबीच नयाँ गठबन्धन सरकार बनाउन सहमति भए पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी दशैंका लागि काठमाडौँमा रहेकाले प्रक्रिया रोकिएको छ।
यसबीच लोसपा नेपालले पनि सरकारको नेतृत्व गर्न दाबी गर्दै अन्य दलहरूसँग लबिङ थालेको छ। कांग्रेसमा पनि मुख्यमन्त्रीको नाममा मतभेद देखिएको छ।
प्रदेशसभाको असोज २८ गतेको बैठकमा सिंहले विश्वासको मत नपाए राजीनामा दिने सम्भावना छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक छ। सत्ता समीकरण बदलिँदै गए पनि अहिलेसम्म मधेशमा नयाँ सरकार टुंगो लाग्न सकेको छैन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…