जनकपुरधामको राममन्दिरको प्राँगनमा वृहत सरसफाई गरियो
न्यूज ब्यूरो | जनकपुरधाम, ५ साउन । जनकपुरधामको ऐतिहासिक राम मन्दिरको अगाडी पार्कमा वृहत सरसफाई गरिएको छ । जनकपुरधामका समाजसेवी बैद्यनाथ साहको अगुवाई तथा पहलमा मन्दिर अगाडीको पार्कमा देखिएको फोहोर मैला र गन्दकीलाई मध्यनजर गर्दै वृहत सरसफाई गरिएको हो । सरसफाई अभियान अन्तर्गत प्रत्येक सप्ताह गरिदैँ आएक

२०७५ साउन ५ शनिबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ५ साउन । जनकपुरधामको ऐतिहासिक राम मन्दिरको अगाडी पार्कमा वृहत सरसफाई गरिएको छ ।
जनकपुरधामका समाजसेवी बैद्यनाथ साहको अगुवाई तथा पहलमा मन्दिर अगाडीको पार्कमा देखिएको फोहोर मैला र गन्दकीलाई मध्यनजर गर्दै वृहत सरसफाई गरिएको हो ।
सरसफाई अभियान अन्तर्गत प्रत्येक सप्ताह गरिदैँ आएको सरसफाईको क्रममा शनिबार राम मन्दिर अगाडी पार्ककको सरसफाई गरिएको अभियन्ता बैद्यनाथ साहले जानकारी दिए ।
स्थानीय समाजसेवी, जेष्ठ नागरिक, बुद्धिजीवी, सँचारकर्मी, कलाकर्मी, युवाहरुको सक्रियतामा सरसफाई गरिएको हो ।
स्वच्छ जनकपुरधाम, सुन्दर जनकपुरधाम, सफा जनकपुरधामको नारा सहित प्रत्येक सप्ताह जनकपुरधामको विभिन्न सार्वजनिक स्थानमा सरसफाई गरिदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…