कोशीमा कहर

कोशी नदीमा बज्यो खतराको घण्टी, रेड अलर्ट जारी, कोशी पूलबाट आवागमन रोक्न तयारी हुँदै !

२०८२ असोज १९ आइतबार
बिहान ०९:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज ।  बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र पूर्वका विभिन्न ७ वटा खोला तथा नदीहरुमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार, खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएकाले बागमतीमा पानीको तह स्थिर रहेको महाशाखाले जनाएको छ ।

सप्तकोशीको चतरामा पनि बाढीले खतराको तह पार गरेको छ । कोशीमा बिहान ९ः३० बजेसम्मको अपडेट अनुसार पानीको सतह ४,३१,५२५ क्यूसेक बहाब भएको छ । यो खतराको सतह पार गरेको हो । यसलाई रेड अलर्ट, खतराको घण्टी भनिएको छ । 

कोशी पूलबाट आवागमन रोक्न तयारी भईरहेको प्रशासनले जनाएको छ । खतराको लेभल क्रस गरेपछि मानवीय क्षति रोक्नको लागि आवागमन बन्द गर्न लागिएको जनाइएको छ । 

यस्तै, अरुण नदीको सिम्ले जलमापत केन्द्रमा पनि बाढीले खतराको तह पार गरेको छ । सुनकोशीको खुर्कोट, तमोरको मुलघाट र त्रिवेणीमा पनि बाढी खतराको तहभन्दा माथि पुगेको छ ।

बुढीखोला, कन्काई र बिरिङखोलाको बाढीले पनि खतराको तह पार गरेको छ ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

Bureau Menus