कोशी नदीमा बज्यो खतराको घण्टी, रेड अलर्ट जारी, कोशी पूलबाट आवागमन रोक्न तयारी हुँदै !
यस्तै, अरुण नदीको सिम्ले जलमापत केन्द्रमा पनि बाढीले खतराको तह पार गरेको छ । सुनकोशीको खुर्कोट, तमोरको मुलघाट र त्रिवेणीमा पनि बाढी खतराको तहभन्दा माथि पुगेको छ । बुढीखोला, कन्काई र बिरिङखोलाको बाढीले पनि खतराको तह पार गरेको छ ।

२०८२ असोज १९ आइतबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र पूर्वका विभिन्न ७ वटा खोला तथा नदीहरुमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार, खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएकाले बागमतीमा पानीको तह स्थिर रहेको महाशाखाले जनाएको छ ।
सप्तकोशीको चतरामा पनि बाढीले खतराको तह पार गरेको छ । कोशीमा बिहान ९ः३० बजेसम्मको अपडेट अनुसार पानीको सतह ४,३१,५२५ क्यूसेक बहाब भएको छ । यो खतराको सतह पार गरेको हो । यसलाई रेड अलर्ट, खतराको घण्टी भनिएको छ ।
कोशी पूलबाट आवागमन रोक्न तयारी भईरहेको प्रशासनले जनाएको छ । खतराको लेभल क्रस गरेपछि मानवीय क्षति रोक्नको लागि आवागमन बन्द गर्न लागिएको जनाइएको छ ।
यस्तै, अरुण नदीको सिम्ले जलमापत केन्द्रमा पनि बाढीले खतराको तह पार गरेको छ । सुनकोशीको खुर्कोट, तमोरको मुलघाट र त्रिवेणीमा पनि बाढी खतराको तहभन्दा माथि पुगेको छ ।
बुढीखोला, कन्काई र बिरिङखोलाको बाढीले पनि खतराको तह पार गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…