नेपालभित्र आन्तरिक फ्लाइटको भाडादर सार्वजनिक, १७ हजार रुपैयाँसम्म भाडा तोकियो 

२०८२ असोज १७ शुक्रबार
बिहान ०९:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ ।

यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौंदेखि धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौंदेखि सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।

प्राधिकरणले दशैंको टीकाको दिन अर्थात् असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर सार्वजनिक गर्दै काठमाडौंदेखि विराटनगरको लागि ९ हजार ७८५ रुपैयाँ, काठमाडौंदेखि भरतपुरको ४ हजार ६४३ रुपैयाँ, भद्रपुरको १२ हजार ११२ रुपैयाँ, जनकपुरको लागि ५ हजार ४७० रुपैयाँ र काठमान्डौँदेखि पोखराको लागि ६ हजार ६३५ रुपैयाँ तोकिएको छ । 

यस्तै, काठमाडौंदेखि नेपालगञ्जको १३ हजार १०३ रुपैयाँ, काठमाडौंदेखि धनगढीको १७ हजार ५७९ रुपैयाँ, काठमाडौंदेखि सिमराको ३ हजार ९७८ रुपैयाँ, काठमाडौं–भैरहको ८ हजार ४६१ रुपैयाँ, काठमाडौं–राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं–सुर्खेतको ९ हजार ३० रुपैयाँ र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ तोकिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ असोज १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus