
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा “जमजम नगर” बसाउन थालिएको छ ।
उपमहानगरपालिकाको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र हुलाकी सडकदेखि उत्तर तल खेतमा जमजम नगर बसाउन थालिएको छ । भिन्नै पोशाक लगाउने मुस्लिम समुदायका व्यक्तिहरु देखिन्छन् तर, उनीहरु यहाँका नभएर बाहिरको भएको स्थानीयहरु बताउँछन् ।
नेपालका मुस्लिम समुदायले लगाउने पोशाकभन्दा अधिक फरक देखिएको पोशाक लगाउने उनीहरुको समूहले बिना अनुमति सार्वजनिक रुपमै बोर्ड लगाएर ठाउँको नामाकरण समेत गरिदिएको छ ।
महुवा पेट्रोल पम्पभन्दा करिब १०० मिटर पूर्व बसाउन लागिएको जमजम नगरको लागि घरहरु समेत तयारी भईरहेको पाईएको छ ।
“जमातुल मदिना फैजान ए आला हजरत जनकपुर” लेखिएको बोर्डमा ठेगाना भने “जमजम नगर” राखिएको छ । सो हुलाकीसँग जोडिएको सो बाटोको नाम “जामिया सडक” राखिएको छ ।
महुवामा र भोईलको बीचमा विगत केही महिनादेखि भईरहेको अस्वभाविक गतिविधिप्रति प्रशासनले जानीबुझी अनभिज्ञता प्रकट गरेको आरोप स्थानीय सिद्धार्थ मण्डलले लगाए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरी रेग्मीले यसप्रति अनभिज्ञता प्रकट गरे । उनले आफू नयाँ आएको र यसबारे प्रवक्ता बरुण बहादुरसिँग सँग सम्पर्क गर्न सल्लाह दिए । प्रवक्ता बरुण बहादुर सिँहले केही जानकारी रहेको सँकेत गरे, तर पूर्ण विवरण भने दिन चाहेनन् । उनले व्यस्तता जनाए ।
सो ठाउँ धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य रामअशिष यादवका क्षेत्र हुन् ।उनीहरु यो गैर–नेपाली रहेकोआरोप लगाइएपनि यसबारे पुष्टि भने हुन सकेको छैनन् ।
प्राप्त जानकारी अनुसार, सो ठाउँमा मुस्लिम समुदायकोहरु आधारभूत स्कूल भनिने मदरसा सँचालनमा रहेको छ । आफ्नो चन्दाबाट मदरसा सँचालन गरी ८० जना बालबालिकाहरुलाई पठनपाठन गराईरहेको मदरसाका स्वयंसेवक सरताज मलिकले जानकारी दिए । उनका अनुसार, बालबालिकाहरु यहीको रहेको र मदरसाको एउटा ड्रेस कोड तोकिएको बताए । फरक पोशाक नभएको जनाउँदै यसलाई अन्यथा नलिन आग्रह गरे् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा मलिकले सो ठाउँमा स्थानीय सरकारले नामाकरण नगरेको भन्दै आफूखुसी जमजम नगर घोषणा गरिएको बताए । उनले भने, “त्यहाँ कुनै नाम नभएको कारण हामीहरुले जमजम नगर राखेको बताए । हुलाकी सडक भएर मदरसा जाने बाटोलाई जामिया जाने बाटो भनिएको छ, बाटोको नाम भने नामाकरण भएको छैन् ।”
मदरसा सँचालन तर्फका एक जनाले त्यहाँ रहेको बोरिँगबाट निस्कने शुद्ध पानीको आधारमा जमजम नगर नाम राखिएको बताए । उनले गँगाजल जस्तै शुद्धतालाई ईस्लाममा जमजम भनिएको भन्दै जमजम नगर राखिएको बताए ।
मदरसामा जनकपुरकै बालबालिकाहरु शिक्षा लिरहेको समेत मलिकले जानकारी दिए । उनका अनुसार, गुनासो गरिए अनुसार कोही पनि बाहिरको नभएको भन्दै खण्डन गरे ।
राजदेवीमा खोइच भराई, आज साँझदेखि बोकाबली हुने
- २०८२ जेठ १० शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा खोईच भराई बिहानैदेखि सुरु भएको छ । महिलाहरुले गरेको भाकल अनुसार, राजदेवीमा खोईच भराई कार्यक्रम विहानैदेखि सुरु भएको हो । महिलाहरुले विभिन्न
पूरा पढ्नुहोस्