न्यूजब्यूरो प्रभावः भोजमा जातपात गरेका गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न आयोगको विज्ञप्ति
सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष अग्रनारायण यादवले आफ्नी आमाको १३ औ तिथिका अवसरमा भोज खुवाउदा भोजमा जातको हिसाबले भोज खान पाउने गरी नियम लगाएपछि न्यूज ब्यूरोमा शिर्षकको समाचार प्रकाशित भएपछि राष्ट्रिय दलित आयोगले गाउँपालिकाका अध्यक्षलाई कानून बमोजिम कारवाही गर्न माग गरेको छ।

२०७९ फागुन २५ बिहीबार, राति ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेश स्थित सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्षले भोजमा बोलाएर जातीय भेदभाव गरेको भन्दै राष्ट्रिय दलित आयोगले गाउँपालिका अध्यक्षलाई नियन्त्रणमा लिई कारवाही गर्न बिज्ञप्ति निकालेको छ।
सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको १३ औ तिथिका अवसरमा भोज खुवाउदा भोजमा जातको हिसाबले भोज खान पाउने गरी नियम लगाएपछि न्यूज ब्यूरोमा गाउँपालिका अध्यक्ष यादवले नाघे जातीय छुवाछुतको पराकाष्ठा, भोजमा बोलाएर जातीय भेदभाव शिर्षकको समाचार प्रकाशित भएपछि राष्ट्रिय दलित आयोगले गाउँपालिकाका अध्यक्षलाई कानून बमोजिम कारवाही गर्न माग गरेको छ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले लगाएको साइनबोर्डमा जातीय अनुसार भेदभाव गर्दा उनको नैतिकतामाथि पनि प्रश्न खडा गर्दै सामाजिक संजालमा चौतर्फी आलोचना भएपछी न्यूज ब्यूरोले गत फाल्गुण २३ गते समाचार प्रकाशित गरेको थियो।
यादव समुदायलाई अर्कै ठाउँमा, गिरी समुदाय, बँगाली, राजपुत, सुडी, पासवान, चमार समुदायलाई अलगै अलगै बसाउन लगाएको पम्पलेटले यतिबेला अधय्क्ष यादव विवादमा परेको छ ।
विभिन्न समुदायहरुलाई भोजभतेरमा बोलाएर जातीय छुवाछुत गरी अपमान गरेको भन्दै कारवाहीको लागि चौतर्फी माग उठेको हो ।
उक्त, जातीय विभेद भोजमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, सिराहा क्षेत्र नम्बर १ का सांसद रामशंकर यादव, समानुपातिक सांसद सम्झना थपलिया, सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रहरी प्रमुख एसपी टेकुनन्द इवालिम्बू, हालका प्रदेश मंत्री, पूर्व मंत्री लगायतका अन्य उच्च अहोदाका मान्छेहरु समेत जातीय विभेद भोजमा उपस्थित रहेका थिए तर उनीहरूले त्यो विभेदलाई वास्तै गरेनन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
सबिन यादव
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…