
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उप(सचिव उपेन्द्र न्यौपाने हाजिर भएका छन् ।
बुधबार जनप्रतिनिधि र कर्मचारीहरुले औपचारिक रुपमा उनलाई कार्यालयमा हाजिर गराएको छ । उप(सचिव न्यौपानेले नगरवासीलाई छिटोछरितो र प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
न्यौपानेले पदभार ग्रहण गरेसँगै स्वास्थ्य, शिक्षा र प्रशासनिक शाखाका कर्मचारीलाई समयमा कार्यालय उपस्थित भई काममा सक्रिय रहन निर्देशन दिएका छन् । नागरिकले तत्काल सेवा पाउनुपर्ने हो त्यसमा कुनै कमजोरी हुन दिँदैन उनले संक्षिप्त प्रतिक्रियामा भने ।
यसअघि न्यौपाने मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत थिए । त्यहीँको उत्कृष्ट कामका कारण उनले राम्रो छवि बनाएका थिए, जसका कारण मिथिला बिहारीमा पनि नयाँ ऊर्जा र दिशा ल्याउने अपेक्षा नगरवासीले गरेका छन् ।
यश अघि कार्यरत नि। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको सरुवा नियमित प्रक्रिया अनुसार बारा जिल्लाको करैयामाई गाउँपालिकामा भएको छ । यादवको कार्यकाल राम्ररी चलेको र सरुवा बढुवा सामान्य प्रक्रिया भएको एक जनप्रतिनिधिहरूले बताए ।
स्थानीय बासिन्दा र जनप्रतिनिधाले नयाँ अधिकृत न्यौपानेको हाजिर भए सँगै नगरपालिकाको सेवा अझ पारदर्शी र परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन् ।
जनकपुर बोल्टसको कोचमा प्रसिद्ध क्रिकेटर शिवनारायण चन्द्रपाल नियुक्त
- २०८२ असोज ८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएपल) मा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा
पूरा पढ्नुहोस्