सिरहाबाट १५ वर्षीय बालक अपहरण, ५ करोड रुपैयाँ फिरौती माग

२०८२ असोज ७ मंगलबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् ।

असोज ५ गते राती ८ः३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए । अभिषेककी आमा , बाजे र बज्यैले रातभरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन् ।

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ ।

  • 0%
  • 3%
  • 3%
  • 0%
  • 80%
  • 11%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८२ असोज ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus