जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का
न्यूज ब्यूरो | जनकपुरधाम, ४ साउन । धार्मिक र ऐतिहासिक नगरी भनेर प्रसिद्ध जनकपुरधाममा ईन्टरनेश्नल स्टेडियम बन्ने लगभग पक्कापक्की भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १४ मुजेलिया स्थित रलक्ष्माण मन्दिरको नाममा रहेको १७ विघा जग्गामा उक्त स्टेडियम निर्माण हुने भएको छ । संघीय सरकारले यस अघि नै अधि

२०७५ साउन ४ शुक्रबार, बिहान ११:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ४ साउन । धार्मिक र ऐतिहासिक नगरी भनेर प्रसिद्ध जनकपुरधाममा ईन्टरनेश्नल स्टेडियम बन्ने लगभग पक्कापक्की भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १४ मुजेलिया स्थित रलक्ष्माण मन्दिरको नाममा रहेको १७ विघा जग्गामा उक्त स्टेडियम निर्माण हुने भएको छ ।
संघीय सरकारले यस अघि नै अधिग्रहण गरेको सो १७ विघा जग्गामै रंगशाला निर्माण प्रक्रिया शुरु भएको हो ।
यस अघि दिपक गुप्ता मेमोरियल टी २० क्रिकेट कपको उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबू राउतले समेत जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाउने उद्घोष गरेका थिए ।

"जनकपुरमा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउँछौँ" : मुख्यमन्त्री राउत
स्टेडियम बहुउदेशीय हुने जनाइएको छ । निर्माण हुने स्टेडियममा हक्की , फुटबल र क्रिकेट सहित तीनवटै खेल खेल्न सकिने डिजाईनको निर्माण गरिने जनाएको छ ।
धेरै बर्ष अगाडी नै संघीय सरकारले अधिनश्थ ग्रहण गरेपछि हाल आएर सँघीय सदनबाट स्टेडियमको लागि निर्णय पारित गरिएको जनाइएको छ ।
जनकपुरमा हक्की स्टेडियम (स्टफ) बन्ने
उक्त रंगशाला निर्माण हुने पक्कापक्की भएपछि स्थानीयबासिन्दाहरुले गत बुधबार साँझ दीपप्रज्वलन गरी यस योजनाको स्वागत गरेका छन् ।
उनीहरुले यस योजनालाई निर्माण सम्पन्न गर्न हरेक प्रकारको सहयोग गर्न आफुहरु तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…