"जनकपुरमा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउँछौँ" : मुख्यमन्त्री राउत

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख ।
प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले जनकपुरमा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाउने घोषणा गरेका छन् ।

 

शुक्रबारदेखि जनकपुरको बाह्रविघा रँगभूमि मैदानमा सुरु भएको तेस्रो दिपक गुप्ता मेमोरियल टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले अन्तराष्ट्रि स्तरको क्रिकेट खेल मैदान बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

प्रदेशमा खेलको स्तर दिनानुदिन खस्किदै तथा दयनीय हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले निकट भविष्यमै अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान जनकपुरमै बनाउने घोषणा गरेका हुन् ।

 

देशको लागि खेलेका खेलाडीहरु प्रदेश २ बाट दिग्गज खेलाडीहरुले छाप छाडेर गएको एवम् खेल जीवन सीमित भएको भन्दै खेलप्रतिको रुची, विकास र लगावको लागि जनकपुर जस्तो क्षेत्रमा अन्तराष्ट्रिय खेल मैदानको आवश्यकता औल्याए । 

 

धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितामा भारत र नेपालका क्रिकेट टिमहरुको सहभागीता रहेको छ । 

जनकपुरमा पहिलो पटक टर्फ विकेटमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

 

दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि डीजीएमटी टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको हो । 

प्रतियोगिताका विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पुरस्कार जित्ने आयोजकले जनाएको छ । 

 

मुख्यमन्त्री राउतले ब्याटिँग गर्दे प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रतिकृया दिनुहोस

फिफा वल्ड कप २०१८ उपर फ्रान्सको कब्जा, दोस्रो पटक विजयी

न्यूज ब्यूरो | रसिया, ३२ असार ।  फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।  आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल

धनुषामा सम्पन्न एन्फा कप उपर ढल्केवरको कब्जा

विनय कुमार यादव | धनुषा, ३० असार । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सम्पन्न एन्फा कप फुटबल प्रतियोगिताको उपाधी ढल्केवरले हात पारेको

"खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले गर्नुपर्छ" : मुख्यमन्त्री राउत

न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
लहानबाट अपहरण गरी गाडीमै बलात्कार गर्दैगर्दा चार बलात्कारी उदयपुरमा रंगेहात समातिए औरही गापाका युवाहरु गापा अध्यक्ष र अधिकृतलाई बुझाए भ्रष्टाचार विरुद्ध अभियानको प्रतिवेदन र ज्ञापन पत्र फिफा वल्ड कप २०१८ उपर फ्रान्सको कब्जा, दोस्रो पटक विजयी मटिहानीका किसानलाई तालिमसंगै सामग्री प्रदान जनकपुरमा मोनाष्टिकको लागि प्रवेश परीक्षा सम्पन्न, २ सय विद्यार्थीको सहभागी विश्वको सबभन्दा ठुलो सर्च ईन्जिन "गूगल" को प्रिमियर पार्टनर जनकपुरबाट राम युवा कमिटिको अध्यक्षमा "उपेन्द्र ठाकुर" विजयी  पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सम्पूर्ण चिकित्सकसँग माफी माग्नुपर्छ : डा. पँजियार प्रदेश नं. २ स्वच्छताको दृष्टिकोणले पोलिथिनमुक्त प्रदेश हुनुपर्छ : साँसद यादव  भ्रष्टाचार विरुद्धको अभियान तताए औरही गापाका युवाहरु, दोश्रो चरणको नागरिक भेला सम्पन्न