संस्कृति पर्यटन मन्त्रीमा अस्मिता भण्डारीको चर्चा
नेपाल पर्यटन बोर्डका एक पूर्व पदाधिकारीले भने, “अस्मिता भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा हिन्दु समाज, पत्रकारिता र सांस्कृतिक क्षेत्रमा काम गरेको अनुभव छ। अन्तर्राष्ट्रिय पहुँच भएका व्यक्तिले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष योगदान दिन सक्छन्। विशेषगरी अहिले नेपाललाई पर्यटन पुनर्जीवन आवश्यक छ।”

२०८२ भदौ ३० सोमबार, राति ८:०८ बजे१ मिनेट पढाइ

काठमाडौँ । सुशिला कार्की नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल अहिले विस्तारको क्रममा रहेको छ । सोही क्रममा सँस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रीको लागि अस्मिता भण्डारीको चर्चा चलेको छ ।
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिकी पहिलो महिला अध्यक्ष, महिला संचार समूहसंस्थापक अध्यक्ष रहेकी भण्डारी वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय पहुँच भएकी जागरुक महिलाको रुपमा परिचित हुन्। उनी धार्मिक अभियान, सांस्कृतिक उत्थान र संगठनात्मक कार्यमा लामो अनुभव बोकेकी छिन्। यही कारणले उनी पर्यटन प्रवर्द्धनमा योगदान दिन सक्षम हुने धारणा राजनीतिक विशलेषण छ ।
नेपाल पर्यटन बोर्डका एक पूर्व पदाधिकारीले भने, “अस्मिता भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा हिन्दु समाज, पत्रकारिता र सांस्कृतिक क्षेत्रमा काम गरेको अनुभव छ। अन्तर्राष्ट्रिय पहुँच भएका व्यक्तिले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष योगदान दिन सक्छन्। विशेषगरी अहिले नेपाललाई पर्यटन पुनर्जीवन आवश्यक छ।”
नेपालको सांस्कृतिक सम्पदा र धार्मिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन भण्डारीले महत्वपूर्ण भूमिका खेल्न सक्नेछन्। लामो समयदेखि देशमा भइरहेका सांस्कृतिक अतिक्रमणका विरुद्ध अस्मिता भण्डारी सक्रिय रूपमा आवाज उठाउँदै आएकी छिन्। उनको पहल र अभियानले धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…