धनुषा ललियाका प्रहरी प्रमुख चौधरी सम्मानित
स्थानीय केही युवकहरुले अविर, खादा लगाएर चौधरीलाई सम्मान गरेको हो । प्रहरी चौकी प्रमुख समेत रहेका चौधरी स्थानीयसँग मिलनसार र अनावश्यक दुःख नदिने प्रहरीको रुपमा परिचित छन् ।

२०८२ भदौ २९ आइतबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरी चौकी ललियाका प्रमुख योगेन्द्र चौधरी सम्मानित भएका छन् ।
देशमा चलेको जेनजी आन्दोलनको क्रममा भएको विषम परिस्थितिमा समेत स्थानीयहरुलाई निरन्तर सेवा प्रवाह गरेपछि चौधरीसहित उनका टिमलाई स्थानीय युवकहरुले सम्मान गरेका छन् ।
आईतबार एक कार्यक्रम राखि यस्तो अवस्थामा समेत चौकी नछाडी स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउने चौधरी र उनका टिमलाई स्थानीयहरुले सम्मान गरेको हो ।
स्थानीय केही युवकहरुले अविर, खादा लगाएर चौधरीलाई सम्मान गरेको हो । प्रहरी चौकी प्रमुख समेत रहेका चौधरी स्थानीयसँग मिलनसार र अनावश्यक दुःख नदिने प्रहरीको रुपमा परिचित छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…