भ्रष्टाचार रोक्न निकायहरुमा दलगत भागवण्डाको अन्त्य हुनुपर्छः सचिव चौधरी
विज्ञप्तिमा हालको चुनौती अझ कम नभएको उल्लेख गर्दै चौधरीले केवल आक्रोश र भावनालाई प्राथमिकता नदिई विवेकपूर्ण निर्णयमा जोड दिनुपर्ने बताए। “Gen-Z' आन्दोलनको मर्म र प्रजातान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउनुपर्ने” चौधरीको भनाइ छ।

२०८२ भदौ २९ आइतबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका सचिव सँजय कुमार चौधरीले भ्रष्टाचार निवारणको लागि कुनै पनि निकायमा दलगत भागवण्डा अन्त्य हुनुपर्ने माग राखेका छन् ।
राष्ट्रपतिले जटिल परिस्थितिमा देखाइएको सुझबुझ र संयमलाई स्मरणीय बताउँदै नवनियुक्त प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चौधरीले जनआवाज र लोकतान्त्रिक मूल्यको संरक्षणमा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
विज्ञप्तिमा हालको चुनौती अझ कम नभएको उल्लेख गर्दै चौधरीले केवल आक्रोश र भावनालाई प्राथमिकता नदिई विवेकपूर्ण निर्णयमा जोड दिनुपर्ने बताए। “Gen-Z' आन्दोलनको मर्म र प्रजातान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउनुपर्ने” चौधरीको भनाइ छ।
उनले कुनै पनि पार्टी, तह वा व्यक्तिको आडमा हुने भ्रष्टाचारलाई कानुन र सक्षम आयोगमार्फत कठोर सजाय दिनुपर्ने माग गर्दै दलगत भागबन्डाको अन्त्य नै यो आन्दोलनको मुख्य अपेक्षा रहेको स्पष्ट पारे।
यस्तै, संविधान परिमार्जन, संशोधन वा आवश्यक परे पुनर्लेखन गरेर सुधार सम्भव भए पनि पहिचानवादी आन्दोलनलाई कमजोर पार्ने कुनै प्रयास स्वीकार्य नहुने चौधरीले चेतावनी दिएका छन्।
नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिंदै चौधरीले लोकतान्त्रिक मूल्य र जनआवाजको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…