विद्यालयको सम्पति खान नपाएपछि हेडमास्टर सरुवा गर्न विरोध, जनप्रतिनीधिहरु मिलिजुली खान चाहेको आरोप
बुधबार केही थान कथित नेताहरुले नगर प्रमुख दिनेश प्रसाद यादव समक्ष ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा हेडमास्टरलाई सरुवा गरी विद्यालय बचाउन माग गरिएको छ । यद्यपी, सरुवा किन र के कारणको लागि गर्नुपर्ने भन्ने खुलाउन सकेका छैनन् ।

२०८२ भदौ १८ बुधबार, बेलुकी ५:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकास्थित रहेको एक सरकारी विद्यालयको सम्पति खान नपाएपछि केही गाउँलेहरुले जनप्रतिनीधिहरुको मिलिभगतमा हेडमास्टर सरुवा गर्न दबाब दिएको खुलासा भएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ४ महुलियास्थित रहेको मावि महुलियाकाका प्रधानाध्यापक धीरेन्द्र झाले विद्यालयमा हिनामिना हुन नदिन थालेपछि विद्यालयको सम्पति खाँदै आएका केही कथित अगुवाहरुले हेडमास्टरलाई सरुवा गरी विद्यालयको खातामा भएको रकम खान चाहेको आरोप स्थानीय महाशंकर ठाकुरले लगाएका छन् ।
बुधबार दिउँसो नेपाली काँग्रेसका केही गाउँले नेता, केही शिक्षक र भाडाका मान्छे बोलाएर नाराबाजी गर्दै ज्ञापन पत्र बुझाउन गएको आरोप स्थानीयको छ । विद्यालयमा धीरेन्द्र झा आएपछि उनले रकम हिनामिना, अनियमितता रोकेपछि भ्रष्टहरु बिलबिलाएको आरोप ठाकुरको छ । स्थानीय समेत रहेका ठाकुरले यतिको दिनसम्म विद्यालयको सम्पति खाएको, भवन निर्माण, छात्रवृति, स्टेशनरी, विभिन्न खर्चको नाममा विद्यालयकै खाताबाट हेडमास्टरसँग मिलिजुली गरी भ्रष्टाचार गरेको सबुतहरु राखेको बताए ।
विद्यालयका लेखापाल बीरेन्द्र यादवले विगतदेखि नै सो विद्यालयमा अड्डा जमाएर बसेको कारण विद्यालयको विकास हुन दिएका छैनन् । उनले विद्यालय विकासको लागि आएको रकम विकास नगरी कुनै बहानामा रकम निकालेर मिलिजुली खान षडयन्त्र गरेको आरोप छ ।
बुधबार केही थान कथित नेताहरुले नगर प्रमुख दिनेश प्रसाद यादव समक्ष ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा हेडमास्टरलाई सरुवा गरी विद्यालय बचाउन माग गरिएको छ । यद्यपी, सरुवा किन र के कारणको लागि गर्नुपर्ने भन्ने खुलाउन सकेका छैनन् ।
प्रधानाध्यापक झाले आफू आएपछि फजुल खर्च, खर्चको नाममा हुने भ्रष्टाचार, अनैतिक ढँगले निकालिने विद्यालयको रकम निकाल्न नदिएपछि एक जमातले हेडमास्टर झालाई सरुवा गर्न चाहेको आरोप लगाइएको छ ।
नाम नखोल्ने शर्तमा एक शिक्षकले भने–“यीनीहरु बर्षौदेखि विद्यालयकै रकम निकालेर परिवार पाल्दै आएका थिए, अहिले कमाईको कुनै स्रोत छैन, अनि बिलबिलाउँदैन त ? हाम्रो हेडमास्टर सरले अवैद्य तरिकाले निकालिने खर्चमा रोक लगाएपछि उनीहरुले पैसा खान पाएका छैनन् । त्यसैले झुठो नाराबाजी गरेका छन् । ज्ञापन पत्र त बुझाए, तर किन सरुवा गर्नुपर्ने एउटा ठोस कारण दिनुपरो नी ? मात्र आरोप लगाएर हुन्छ त ? प्रमाण पनि पेश गर्नुपरो नी ? कि भनेर मात्रै हुन्छ ?”
विद्यालयको रकम हिनामिना गर्नको लागि शहिदनगरका केही जनप्रतिनीधिहरु समेत संलग्न भएको आरोप छ । पालिकाका उच्च पदस्थ जनप्रतिनीधिहरुले रचेको षडयन्त्र रहेको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…