राष्ट्रि युवा मँचको धनुषा जिल्ला ईन्चार्जमा साह मनोयन
राष्ट्रिय मुक्ति पार्टी नेपालको जिल्ला कार्य समिति धनुषाका अध्यक्ष राजु चौधरीद्धारा जारी गरिएको मनोयन पत्रमा उनलाई ईन्चार्जको जिम्मेवारी दिइएको हो ।

२०८२ भदौ १४ शनिबार, राति ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेता राजेन्द्र महतो नेतृत्वको राष्ट्रि मुक्ति पार्टी नेपालको भातृ सँगठन राष्ट्रिय युवा मँचको जिल्ला ईन्चार्जमा राधाकृष्ण (किशन) साहलाई मनोनित गरिएको छ ।
जनकपुरको विभिन्न आन्दोलनमा अग्रपन्तीको भूमिका निर्वाह गर्दै आएका साहलाई मोर्चाले धनुषा जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको हो ।
शनिबार साहको नाममा मनोयन पत्र पठाउँदै उनलाई धनुषा जिल्ला ईन्चार्जको जिम्मेवारी सुम्पिएको उल्लेख छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको जिल्ला कार्य समिति धनुषाका अध्यक्ष राजु चौधरीद्धारा जारी गरिएको मनोयन पत्रमा उनलाई ईन्चार्जको जिम्मेवारी दिइएको हो ।
यसअघि राजेन्द्र महतोसँगै रहँदै आएका साह जनकपुरबाट युवा राजनीतिमा संलग्नता जनाउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…