साउन चढे पनि अहिलेसम्म मात्र ५० प्रतिशत धान रोपाई !
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २ साउन । साउन महिनासम्म धान रोपनी सम्पन्न भईसक्नेमा अहिलेसम्म महोत्तरीमा पचास प्रतिशत धान रोपाई मात्र भएको जिल्ला कृषी विकास कार्यालय महोत्तरीले जनाएको छ । वर्षाका कारण धानको वेर्ना ढिलो गरि राखिएकोले हालसम्म ५० प्रतिशत मात्र रोपाइ हुन सकेको कार्यालयले बताएको छ । महोत

२०७५ साउन २ बुधबार, दिउँसो १२:२६ बजे२ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, २ साउन । साउन महिनासम्म धान रोपनी सम्पन्न भईसक्नेमा अहिलेसम्म महोत्तरीमा पचास प्रतिशत धान रोपाई मात्र भएको जिल्ला कृषी विकास कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षाका कारण धानको वेर्ना ढिलो गरि राखिएकोले हालसम्म ५० प्रतिशत मात्र रोपाइ हुन सकेको कार्यालयले बताएको छ ।
महोत्तरीमा ६७ हजार ३५२ हेक्टर जग्गामा खेती योग्य भएकोमा ४६ हजार पाचसय हेक्टरमा धान खेती भैरहेकोमा उक्त जग्गाको पचास प्रतिशत रोपाई भएको र सो मध्ये उत्तरी क्षेत्रमा उत्त पचास प्रतिशतलाई सय मान्दा सो को सत्तरी प्रतिशत र दक्षिणी क्षेत्रमा ३० प्रतिशत रोपाई भएको वरिष्ट कृषी विकास अधिकृत ओम प्रकाश विराजीले बताए ।
प्राय आकाशे पानी कै भरमा खेती हुने गरेकोमा विगत केहि दिन देखि वर्षाले साथ दिएको र खेतहरुमा चाहिएको मात्रा भन्दा पनि वढी पानी आएपनि मौसक अनुकुल भएपछि अनावश्यक पानी हट्ने क्रमसंगै रोपाईमा गति आईरहेको उनले बताए ।
उनले मौसक अझै अनुकुल भए ८० प्रतिशतसम्म धान खेती हुन सक्ने सम्भावना रहेको बताए ।
यता गत वर्ष ४६ हजार हेक्टरमा धान खेती भएकोमा ३.३० मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भएको कृषी विकास कार्यालयको तथ्यांक छ । कार्यालयले यस आर्थिक वर्षमा समेत राम्रै धान उत्पादन हुन सक्ने सम्भावना रहेपनि मौसक परिवर्तन भए उत्पादनमा समेत असर पर्ने कार्यालयको भनाई छ । महोत्तरीमा ३५ देखि ४० प्रतिशत खेतमा मात्र सिंचाईको पहुच छ ।
किसानले पाएनन विउ विजन र खाद्य :
महोत्तरीका अधिकांश कृषकले धान खेतीको लागि विउ विजन र खाद्य नपाएको गुनासो गरेका छन । एकडारा गाउपालिका वडा नं. ५ का कृषक उत्तिम महतोले आफुले धानको विउ विजन तथा खाद्यको सहयोग नपाएको गुनासो गरे । यता एकडारा गाउपालिकामा विउ वितरण,तालिम,गोष्ठी र विरुवा वितरणमा ३३ लाख २० हजार रकम खर्चिएको एकडारा गाउपालिकाको तथ्यांक छ ।
उद्योग,कलकारखाना न्युन रहेको महोत्तरीका करिब ८६ प्रतिशत जनता खेतिमै निर्भर रहेका छन । महोत्तरीको उत्तरी भेगका ४०३० हेक्टर जग्गामा मात्र सिचाईको व्यवस्था रहेको छ ।
जिल्लाकै रामगोपालपुर नगरपालिका तथा अन्य केहि क्षेत्रहरुमा सिचाईको पहुच भएका स्थानहरुमा भने रोपाई राम्रो भैरहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…