
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) की नेतृ पम्फा भुसालले वर्तमान सरकारको गतिविधि भ्रष्टाचार प्रवद्र्धनमा लागेको आरोप लगाएकी छन् ।
आईतबार धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर मौवाहीस्थित शहिद चन्देश्वर मण्डलको २०औँ स्मृति सभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकारको गतिविधि सुशासन विरोधी रहेको बताईन् ।
पार्टी उपाध्यक्ष समेत रहेकी भुसालले भूमि सम्बन्धी कानुन, निजामति ऐन, शिक्षा विधेयक जस्ता विषयमा सरकारले अपनाएको नीतिले संघीयता र समावेशी लोकतन्त्र कमजोर बनाउने खतरा बढेको बताइन् ।
संघीय कार्यान्वयनका लागि अत्यावश्यक कानुनमाथि सरकार उदासीन भएको टिप्पणी गर्दै भुसालले संविधानको मर्म विपरीत निर्णय भइरहेको आरोप लगाइन् । उनले नेकपा एकीकृत समाजवादी, विप्लव समूहको नेकपा, जनता समाजवादी पार्टीलगायतसँग पार्टी एकीकरणका विषयमा सकारात्मक वार्ता भइरहेको जानकारी समेत दिइन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका केन्द्रीय उप महासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रावण बरवरिया यादव उपस्थित हुनु भएको थियो । सोही अवसरमा धनुषा जिल्ला संयोजक दिपक यादव, सुनिल यादव, रोशन यादव, देव सागर दास, जनसांस्कृतिक महासंघ मधेस प्रदेश समितिका संयोजक राजेश सक्सेना लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नगर कमिटीका अध्यक्ष प्रदीप साहले गरेका थिए भने सञ्चालन नगर कमिटीका सचिव तथा मिथिला बिहारी नगरपालिका–७ का वडाध्यक्ष संजय शर्माले गर्नुभएको थियो । स्वागत मन्तव्य मेयर प्रत्यासी सूर्यनारायणले गरेका थिए ।
कार्यक्रममा मिथिला बिहारी नगरपालिका भित्रका जनयुद्धका सहिद परिवारहरुलाई सम्मान गरिएको थियो । साथै स्मृति सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जना सहभागी भई रक्तदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि मातृकाप्रसाद यादवले सहिदहरूको बलिदानबाट प्रेरणा लिनुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी र कमजोरीप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सहभागी नेताहरूले सहिद चन्देश्वर मण्डलको योगदानलाई स्मरण गर्दै उनको सपनालाई पूरा गर्न दल र जनताबीचको एकता अपरिहार्य रहेको धारणा राखेका थिए ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८२ भदौ १ आइतबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्