महिलासँग जवरजदस्ती करणी उद्योगको आरोपमा जनकपुरका एक वकिल पक्राउ
बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् । पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।

२०८२ भदौ १ आइतबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक कानुन व्यवसायी (वकिल) लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमान्डौँबाट पक्राउ गरिएको हो ।
धनुषामा केही महिना अगाडी भएको एक जवरजस्ती करणी उद्योग मुद्दामा धनुषाका वकिल प्रमोद कुमार रायलाई पक्राउ गरिएको हो । उनलाई शुक्रबार काठमान्डौंको तिनकुनेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।
दायर गरिएको मुद्दामा अधिवक्ता रायले गत बर्ष २०८१ माघ १२ गते लागेको कुहिरो र हुस्सुको फाईदा उठाउँदै एक महिलासँग जबरदस्ती करणीको प्रयास गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरेन्द्र रेग्मीका अनुसार समान्य झै झगडा भएकोमा प्रहरीले मुद्दा दर्ता नगरेको तथा सरकारी वकिलले समेत मुद्दा दर्ता नगरेपछि अदालतबाट परमादेश दिएपछि जवरदस्ती करणी उद्योगको मुद्दा दर्ता भएको प्रतिक्रिया दिए । उनले जवरजस्ती करणी उद्योग मुद्दामा वकिल राय पक्राउ परेको पुष्टि गरे ।
बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् ।
पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…