कृष्णाष्टमीको मेलामा दुई पक्षबीच कुटाकुट, मेयरसहित तीन जना घाईते, मेयरलाई १७ वटा टाँका
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार नगरप्रमुख कानुको टाउकोमा गम्भीर चोट लागेर १७ वटा टाँका लगाइएको छ भने अन्य प्रहरी र स्थानीयहरूलाई सामान्यदेखि मध्यम चोटपटक लागेको छ।

२०८२ भदौ १ आइतबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा कृष्णाष्टमीको मेलामा दुई पक्षबीच झडप हुँदा तीन जना घाईते भएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार आयोजित कृष्णजन्माष्टमी मेलामा उद्घाटन कार्यक्रमलाई लिएर विवाद चर्किँदा दुवै पक्षबीच झडप भएको हो।
झडपमा परी देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह कानु सहित तीन जना घाइते भएका छन्।
स्थानीयका अनुसार मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने तयारी नगरप्रमुख पक्षले गरेपछि अर्को समूहले आपत्ति जनाउँदै विरोध जनाएको थियो।
सोही विषयमा वादविवाद बढ्दै गएर अवस्था हाताहातीसम्म पुगेको हो। झडप नियन्त्रणको प्रयास गर्ने क्रममा प्रहरीसमेत घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार नगरप्रमुख कानुको टाउकोमा गम्भीर चोट लागेर १७ वटा टाँका लगाइएको छ भने अन्य प्रहरी र स्थानीयहरूलाई सामान्यदेखि मध्यम चोटपटक लागेको छ।
उक्त घटनापछि मेलास्थलमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। हाल स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…