सिरहाः चप्पललाई पछयाउँदै जाँदा वृद्धलाई हत्या गर्ने दुई जना पक्राउ
फनिलालको साउन १४ गते हत्या भएको थियो। सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए। मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो।

२०८२ साउन २९ बिहीबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २९ साउन । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ११ आमटोल बस्ने लहान नगरपालिका वडा नं. २४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका वडा नं. २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल रहेको रहेका छन्। उनीहरुले चोरी गर्ने उद्देश्यले गएको र घरभित्र छिरेपछि ती वृद्ध हल्ला गर्ने थालेपछि हत्या गरेको अनुसन्धानमा खुलेकोसिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताए। चौधरीको साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। खुकुरी र चप्पल घटनास्थलबाट बरामद भएको छ।
फनिलालको साउन १४ गते हत्या भएको थियो। सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए। मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो।
इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा छानबिन गरिरहेको एसपी शर्माले बताए। जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले सुनाए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…