ओमानमा रहेको जय नेपाल इन्टरनेश्नल फाउण्डेशनको अध्यक्षमा धनुषाका डा. दाहा चयन
जय नेपाल फाउडेशन युथ नेटवर्कले विभिन्न समयमा गरिब, निमुखाहरुलाई सहयोग गर्दै आएको छ । नेपालको विभिन्न भागमा आवश्यक पर्ने घर परिवार, बालबालिकाहरुलाई विभिन्न तवरले सहयोग गर्दै आएको हो ।

२०८२ साउन २९ बिहीबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २९ साउन । नेपाली काँग्रेसको भातृ सँगठन रहेको जय इन्टरनेश्नल फाउडेशन ओमानको अध्यक्षमा धनुषाका सुनिल कुमार दाहा चयन भएका छन् ।
धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता घर भएका दाहालाई सँस्थाको अध्यक्षको रुपमा चयन भएका हुन् । जय नेपाल इन्टरनेश्नल फाउडेशनको ग्लोबल युथ नेटवर्कको रुपमा स्थापित सो फाउडेशनको जिम्मेवारी दाहाले सम्हालेका हुन् ।
जय नेपाल फाउडेशन युथ नेटवर्कले विभिन्न समयमा गरिब, निमुखाहरुलाई सहयोग गर्दै आएको छ । नेपालको विभिन्न भागमा आवश्यक पर्ने घर परिवार, बालबालिकाहरुलाई विभिन्न तवरले सहयोग गर्दै आएको हो ।
विदेशमा सँचालनमा रहेको सो फाउडेशनमा धनुषाका डा. दाहा अध्यक्षको रुपमा चयन भएपछि उनलाई विभिन्न तवरबाट बधाई दिईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…