सिरहामा भाईले गरे खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या !

२०८२ श्रावण १० शुक्रबार
बिहान ०९:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ९ साउन । सिरहामा आफ्नै भाईले खुकुरी प्रहार गरी दाईको हत्या गरेका छन् । महिलाहरुबीच भएको झगडामा दाईले छुटाउन गएपछि खुकुरी प्रहार भएको जनाइएको छ । 

बिहिबार राती सिरहाको गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियाँ पुराण्डिहस्थित दुई दाजुभाईबीच भएको परिवारिक झगडाको क्रममा खुकुरी प्रहार भएको जनाइएको छ । 
प्रहरीका अनुसार, २५ वर्षिय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाई ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।

श्याम र उनकी श्रीमति अन्दाजी १९ वर्षिय कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडा सुरु भएको थियो । समान्य कुटपिटको निहुँमा आक्रोसित श्यामले आफ्नै दाई मोतिराममाथि खुकुरी प्रहार गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवंम डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार, खुकुरी प्रहारबाट छातिमा गम्भिर घाउलागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रदेशिक अस्पताल लहान पठाइएपनि अस्पतालले मृत घोषणा गरेको छ। खुकुरी प्रहारगरी तत्काल जंगलतर्फ भागेका श्यामको रातीबाटै खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ।

शव पोष्ट मार्टमको लागि सोही अस्पतालमा राखिएको छ। खुकुरी प्रहार गर्ने श्यामको खोजी भईरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रवक्ता पासवानको भनाई रहेको छ।

  • 25%
  • 50%
  • 0%
  • 0%
  • 25%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८२ श्रावण १० शुक्रबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus