५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !

२०८२ श्रावण १ बुधबार
बेलुकी ७:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । 

सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले दाइजोको निहुँमा हिंसात्मक मोड लिएको घटना बाहिरिएको छ।

स्थानीय २४ वर्षीय मुकेश प्रधान सुडी र उनको परिवारले २३ वर्षीया मनीषा कुमारी गामीलाई ठूलो परिमाणमा दाइजो माग्दै यातना दिएको आरोपमा प्रहरीमा जाहेरी परेको हो।

पीडित मनीषाका अनुसार, विवाहअघि मुकेशले दाइजो नलिने बताएका थिए। तर, विवाहपछि भने अवस्था पूरै बदलियो। मुकेश र उनको परिवारले मनीषामाथि ६० लाख नगद, २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने बन्दिपुरमा जग्गा खरिद गर्न दबाब दिन थाले।

‘विवाहको बेला मेरो बुवाले १० लाख नगद र ७ लाखको सामान दिनुभएको थियो, त्यतिले पुग्दैन भनेर मलाई यातना दिइरहनुहुन्छ।’ मनिषाले भनिन् । यसैकारण मनीषाले गत जेठ ७ गते आफ्ना श्रीमान्, सासू र ससुराविरुद्ध दाइजोविरुद्धको कसुरमा जाहेरी दर्ता गराएकी थिइन्।

प्रहरीले अनुसन्धान सकेर यो मुद्दा अदालतमा दर्ता गरिसकेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा–१७४ अनुसार दाइजो लिनु गैरकानूनी मानिन्छ।

मनीषाको जाहेरीपछि प्रहरीले मुकेशकी ४८ वर्षीया आमा ललिता कुमारी प्रधान सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। पछि अदालतको आदेशले उनी १ लाख रुपैयाँ धरौटीमा रिहा भइन्। प्रहरीले यस घटनामा ५० वर्षीय गौरी शङ्कर प्रधान सुडी (ससुरा), ४८ वर्षीया ललिता कुमारी प्रधान सुडी (सासू) र २४ वर्षीय मुकेश प्रधान सुडी (श्रीमान्) लाई प्रतिवादी कायम गरेको छ।

मनीषाको माइतीघर कर्जन्हा नगरपालिका–२ बन्दिपुर हो। हाल ललितपुरमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको सातौँ सेमेस्टरमा अध्ययनरत मुकेश प्रधान सुडी र उनका बुवा गौरीशंकर प्रधान सुडीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। तर, उनीहरू हालसम्म पक्राउ परेका छैनन्। प्रहरीले फरार अभियुक्तहरूको खोजी गरिरहेको जनाएको छ।

पाँच बर्षको लभपछि उनीहरुले समाजमै मिलेर ३० लाख रुपैयाँ खर्च गरी विवाह गरेका थिए । समाजलाई हैसियत देखाउनको लागि मनिषाको परिवारले ३० लाख रुपैयाँ खर्च गरे विवाह गरिदिए । त्यसअघि उनीहरु अदालतमा गएर कोर्ट म्यारिज गरेका थिए । अहिले केटासहित उनका परिवारले मोटो दाईजो माग्न थालेपछि मनिषा लभ म्यारेज गरेर पछुताउन थालेकी छन् । 

  • 0%
  • 13%
  • 0%
  • 0%
  • 0%
  • 7%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ श्रावण १ बुधबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus