धनुषाको मावि ललियामा १९० जना लक्षित र सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति
कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित समुदायका ७१ जना, जनजाति समुदायका ४५ जना र अन्य छात्रा वर्गका ७४ जना गरी जम्मा १९० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो। दलित र सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई रु। ५०० र अन्य छात्रा वर्गका लागि रु. ४०० दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ।

२०८२ असार २७ शुक्रबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । श्री माध्यमिक विद्यालय ललियामा आ.व. २०८१०८२ तथा शैक्षिक सत्र २०८२ का लागि लक्षित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिथिला बिहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्रप्रसाद यादव रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार मण्डलले गरे ।
कार्यक्रममा समाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राम उदगार दास, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, प्रहरी चौकी ललियाका प्रमुख योगेन्द्र चौधरी, विद्यालयका प्रधानाध्यापक अजय कुमार यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, वडा समितिका सदस्यहरू, शिक्षकगण तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित समुदायका ७१ जना, जनजाति समुदायका ४५ जना र अन्य छात्रा वर्गका ७४ जना गरी जम्मा १९० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो। दलित र सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई रु। ५०० र अन्य छात्रा वर्गका लागि रु. ४०० दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ।
यस छात्रवृत्तिले लक्षित समूहका विद्यार्थीहरूको शैक्षिक पहुँच र प्रेरणामा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रममा छात्रवृत्ति वितरणसँगै शिक्षाको महत्व, विद्यार्थीको उपस्थितिलाई सुदृढ बनाउने विषयमा समेत अभिव्यक्ति राखिएको थियो।
स्थानीय सरकारको सहयोगमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित यस्तो कार्यक्रमप्रति अभिभावकहरू तथा विद्यार्थीहरू खुसी व्यक्त गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…