धनुषा प्रहरीको कालो कर्ततुः हिरासतभित्रै बालकलाई निर्मत कुटपिट, अवस्था नाजुक !
हिरासतमा छुटाएपछि घर फर्काएका बालक पण्डितको स्वास्थ्य अवस्था बिग्रेपछि सोधपुछ गर्दा प्रहरीले हिरासतमा यातना दिएको बताएका छन् । उनको खुट्टामुनी (तरबा) मा निल डामहरु देखिएको छ । सोमबार राती करिब ११ बजे भएको चार वटा पसलमा चोरीपछि तीन जनालाई फँसाउँदै पक्राउ गरी लगेका थिए । प्रहरी चौकी धनौजीका ईन्चार्ज हर्क बहादुर श्रेष्ठले जनप्रतिनीधिको दबाबमा आएर उनीहरुलाई जबरदस्ती पक्राउ गरी बुझाएको आरोप परिवारजनको छ ।

२०८२ असार २५ बुधबार, राति ८:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा एक बालकलाई निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ ।
चोरीको आरोपमा बलपूर्वक पक्राउ गरी धनुषा प्रहरीले बालकहरुलाई निर्मम तरिकाले कुटपिट गरेका हुन् । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने स्थानीय १५ बर्षिय रोहित पण्डितलाई प्रहरीले हिरासतमा लिएर निर्ममपूर्वक कुटपिट गरेको आरोप परिवारजनको छ ।
मँगलबार हिरासतमा लिएका तीन बालकमध्ये रोहित पण्डितलाई पटक पटक कुटपिट, कनचटमा बन्दुक भिडाएर आरोप स्वीकार गर्न लगाउने, आफू चोरी नगरेको भन्दा पाईपले निर्घात कुटपिट गरेको पण्डितले बताएका छन् ।
हिरासतमा छुटाएपछि घर फर्काएका बालक पण्डितको स्वास्थ्य अवस्था बिग्रेपछि सोधपुछ गर्दा प्रहरीले हिरासतमा यातना दिएको बताएका छन् । उनको खुट्टामुनी (तरबा) मा निल डामहरु देखिएको छ ।
सोमबार राती करिब ११ बजे भएको चार वटा पसलमा चोरीपछि तीन जनालाई फँसाउँदै पक्राउ गरी लगेका थिए । प्रहरी चौकी धनौजीका ईन्चार्ज हर्क बहादुर श्रेष्ठले जनप्रतिनीधिको दबाबमा आएर उनीहरुलाई जबरदस्ती पक्राउ गरी बुझाएको आरोप परिवारजनको छ ।
मँगलबार बिहान पक्राउ गरी धनौजी प्रहरीमा राखेर उनीहरुलाई चोरी गरेको स्वीकार गरे छाडिदिने भनेर दबाब दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषा पुरयाएका थिए ।
जिल्ला प्रहरीमा मँगलबारदेखि नै १४ बर्षिय सुमित पण्डित, १५ बर्षिय रोहित पण्डित र १६ बर्षिय रोहित साहलाई यातना दिएका थिए । उनीहरुमध्ये रोहितलाई निर्घात कुटपिट र यातना दिएका हुन् ।
धनौजी प्रहरीका असई हर्क बहादुर श्रेष्ठले बिना कुनै उजुरी, निवेदनको आफू कलंकबाट बच्न तीन बालकमाथि झुठा आरोप थुपारेर बन्दी बनाएका थिए ।
हिरासतमा लिएपछि कुटपिट गर्नु, यातना दिनु, वा अमानवीय व्यवहार गर्नु संविधान, राष्ट्रिय कानुन, र अन्तर्राष्ट्रिय सन्धिहरूको गम्भीर उलंघन हो। कसैले पनि यस्तो कार्य गरेमा व्यक्तिगत रूपमा दण्डित हुनुपर्नेछ, र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेछ। राज्यले पनि जिम्मेवारी लिनुपर्ने कानुनमा उल्लेख छ ।
मुलुकी अपराध संहिता, २०७४ को धारा १६७ (१) मा यातना नदिने व्यवस्था रहे अनुसार, कुनै पनि व्यक्ति, चाहे उसले अपराध गरे पनि, उसलाई कुटपिट, शारीरिकरमानसिक यातना दिन पाइँदैन। यस्तो कृत्य गरेमा ती व्यक्तिलाई दण्डनीय ठहर गरिन्छ।
यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुण बहादुर सिँहले “अनुसन्धान भईरहेको” मात्र प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…