राम युवा कमिटिको अध्यक्षमा "उपेन्द्र ठाकुर" विजयी
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । जनकपुरको राम युवा कमिटिको १४ औँ कार्यकालको लागि उपेन्द्र ठाकुरले धनुषबान उठाउने भएको छ । शनिवार सम्पन्न राम युवा कमिटिको निर्वाचनबाट अध्यक्ष पदमा उपेन्द्र ठाकुर विजयी भएका हुन् । निर्वाचनमा कमिटिमा अध्यक्षको तीन दाबेदार मध्ये ठाकुरले १ सय २४ मत ल्याएर विजयी भएका ह

२०७५ असार ३१ आइतबार, दिउँसो १:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ असार । जनकपुरको राम युवा कमिटिको १४ औँ कार्यकालको लागि उपेन्द्र ठाकुरले धनुषबान उठाउने भएको छ ।
शनिवार सम्पन्न राम युवा कमिटिको निर्वाचनबाट अध्यक्ष पदमा उपेन्द्र ठाकुर विजयी भएका हुन् ।
निर्वाचनमा कमिटिमा अध्यक्षको तीन दाबेदार मध्ये ठाकुरले १ सय २४ मत ल्याएर विजयी भएका हुन् ।
कमिटिमा रहेको कुल २ सय ४२ मतदातामध्ये २ सय १६ जनाले मतदान गरेका थिए । अध्यक्षका लागि उम्मेदवारी दिएका शम्भु प्रसाद साह प्रेमी ५ मत तथा प्रमेश्वर प्रसाद साले ८४ मत ल्याएर पराजित भएका हुन् ।
नयाँ कार्यकालको लागि वरिष्ठ उपाध्यक्षमा भने सँजय कुमार ठाकुरले विजयी हात पारेका छन् उनका निकटम प्रतिद्धन्द्धी शिव कुमार ठाकुर सोनारले ७७ मत ल्याएर पराजित भएका हुन् । वरिष्ठ उपाध्यक्षको लागि अजय कुमार साह तेली, पँकज कुमार खण्डेवालले समेत उम्मेदवारी दिएका थिए । तेलीले ९ मत तथा खण्डेवालले ३६ मत प्राप्त गरेका थिए ।
यस्तै, उपाध्यक्षको लागि दुई जनाको उम्मेदवारी परेको थियो । उपाध्यक्षमा प्रकाश कुमार साहले १ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी अनिल कुमार साह (कपडा) ४४ मत मत ल्याएर पराजित भएका हुन् ।
समितिको महासचिवमा सरोज कुमार साह १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी पँकज कुमार आजाद ६७ तथा रोशन कुमार दत्त भने २२ मत प्राप्त गरेका थिए । 
सचिवमा दिनेश कुमार सिँह १ सय मत प्राप्त गरि विजयी हाँसिल गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी लालबाबु प्रसाद साह ६१ तथा शम्भु लाल दास ४८ मत प्राप्त गरि पराजीत भएका हुन् ।
यस्तै, समितिको कोषाध्यक्षमा राम प्रताप साह १ सय १३ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी विसुनदेवव प्रसा दभने ९३ मत प्राप्त गरेका थिए ।
प्रमोद कुमार पंडित, सँजय कुमार ठाकुर (बी) लोकेश्वर झा, अजय कुमार ठाकुर, प्रकाश कुमार मण्डल –विटु) दिलिप कुमार साह सदस्यमा विजयी भएका हुन् ।
लोकेश्वर झा भने निर्विरोध चयन गरिएको निर्वाचन समिति सदस्य डा. विनोद कुमार साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…