जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
आक्रमणकारीहरुले यादवको घाँटीमा प्रहार गर्ने प्रयास गरेपछि उनले हातले रोक्दा उनको हात पटक पटक काटिएको छ । हातमा ठुल ठुला घाउहरु लागेको छ । घाँटी बचाउन खोज्दा हातमा घाउ लागेको बताउँदै उनीहरुले ज्यानै मार्ने उदेश्यले प्रहार गरेको बताए । भागेर एक पसलमा ज्यान जोगाउन गएपछि पसलमा समेत प्रहार गरेको बताए । पसलेहरु जुटेपछि उनीहरु भागेको प्रतिक्रिया दिएका छन् ।

२०८२ असार २४ मंगलबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा एक युवकमाथि अन्धाधुन तलबार प्रहार गरी गम्भिर घाईते बनाएको घटना बाहिरिएको छ । जनकपुरमा भएको मोहर्रमको दिन एक युवकमाथि तलबार प्रहार भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ गँगासागरको डीलमा बसिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टि बस्ने स्थानीय अजित यादवलाई केही युवकहरुले तलबार प्रहार गरी घाईते बनाएको बताएका छन् ।
एक भिडियोमा घाईते यादवले दिएको बयान अनुसार, मोहर्रम सकिएपछि मोटरसाईकलमा आएका युवकहरुको एक समूहले उनीमाथि तलबार प्रहार गरेको थियो । यादवका अनुसार, गँगासागरको उत्तरी डीलमा बसिहेको अवस्थामा अचानक आएर १२/१३ जनाको समूहले तलबार प्रहार गरेका थिए ।
आक्रमणकारीहरुले यादवको घाँटीमा प्रहार गर्ने प्रयास गरेपछि उनले हातले रोक्दा उनको हात पटक पटक काटिएको छ । हातमा ठुल ठुला घाउहरु लागेको छ । घाँटी बचाउन खोज्दा हातमा घाउ लागेको बताउँदै उनीहरुले ज्यानै मार्ने उदेश्यले प्रहार गरेको बताए । भागेर एक पसलमा ज्यान जोगाउन गएपछि पसलमा समेत प्रहार गरेको बताए । पसलेहरु जुटेपछि उनीहरु भागेको प्रतिक्रिया दिएका छन् ।
आईतबार जनकपुरमा मनाइएको मोहर्रमपछि राती ८ः३० बजेको समयमा प्रहार भएको बताइएको छ ।
यस बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिँहसँग सम्पर्क गर्दा व्यस्तता जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…