१२० जना महिला साना किसानलाई लक्षित गर्दै तीनमहिने सिलाइ कटाइ तालिम
उक्त तालिमबाट ग्रामीण महिलाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने र साना उद्योग तथा स्वरोजगारका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ। तालिम सम्पन्न भएपछि महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ र उत्कृष्ट प्रशिक्षार्थीहरूलाई विशेष प्रोत्साहनको पनि व्यवस्था गरिने आयोजक पक्षले जनाएको छ।

२०८२ असार ११ बुधबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुरस्थित रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा१२० जना महिला साना किसान सदस्यहरूलाई लक्षित गरी तीन महिनाको एकमुष्ट सिलाइ कटाइ तालिम सुरु गरिएको छ। तालिमको औपचारिक उद्घाटन आज क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख श्री सुखदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वडा नं ८ का वडाध्यक्ष मोदकुमार महतो र वडा नं ९ का वडाध्यक्ष अवधकिशोर यादवको उपस्थिति रहेको थियो। उद्घाटन समारोहको अध्यक्षता साना किसान कृषि सहकारी संस्था लि. का सञ्चालक समिति अध्यक्ष लक्ष्मी यादवले गर्नुभयो।

उक्त तालिमको व्यवस्थापन साना किसान सम्पूर्ण परिवारले गरेको हो। तालिम धनुषा जिल्लाको दुई स्थानमा सञ्चालन हुने तय गरिएको छ | तालिम ईच्छापुरस्थित साना किसान कार्यालय भवन र धनुषाधाम नपा ५ पर्वतामा राखिएको छ ।
प्रत्येक तालिम केन्द्रमा २०/२० वटा सिलाइ मेसिनको व्यवस्था गरिएको छ, जसअनुसार कुल ४० वटा मेसिन प्रयोगमा ल्याइनेछ। प्रशिक्षार्थी महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरी उनीहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सहकारी संस्थाले जनाएको छ।
उक्त तालिमबाट ग्रामीण महिलाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने र साना उद्योग तथा स्वरोजगारका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ। तालिम सम्पन्न भएपछि महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ र उत्कृष्ट प्रशिक्षार्थीहरूलाई विशेष प्रोत्साहनको पनि व्यवस्था गरिने आयोजक पक्षले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…