शहिदनगरले ल्यायो ६२ करोड बढी बजेट, भ्रष्ट मेयर मूर्दाबाद भन्दै बाहिरै चिच्याएर फर्किन उपमेयर 

२०८२ असार ९ सोमबार
रति ९:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  शहिदनगर नगरपालिकाकाको १३औं नगर अधिवेशनबाट ६२ करोड बढी ल्याएको छ । 

मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले शहिदनगर नगरपालिकाकाको नगर अधिवेशनको समुद्घाटन गरे । 

सो अवसरमा नेता यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका कारण देशको ग्रामीण क्षेत्रमे बिकासको गति बढेको बताए । उहाँले संघीयताका कारण मधेश को ग्रामीण क्षेत्रमा विकास निर्माण कार्यमा बृद्धि भएको बताए ।

सो अवसरमा बोल्दै शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादवले शहिदनगरको एकीकृत विकास निर्माण कार्यक्रम अन्तर्गत आफु सक्दो विकास निर्माण कार्य गरिरहेको कुरा बताए । 

नगर प्रमुख यादवले आफ्नो कार्यकालमा शहिदनगर नगरपालिकाकाको सडक,नाला, शिक्षा, स्वास्थ्य तथा कृषिमा निकै सुधार भएको बताए ।

शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगर अधिवेशनमा प्रमुख प्राशसकीय अधिकृत उमेश साह,वार्ड नं ३ का वार्ड अध्यक्ष मनोज दास, वार्ड नं ५ का वार्ड अध्यक्ष सुरेश कापर,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेव यादव, नेकपा माओवादीका नेता भोला यादव,वार्ड नं ८ का वार्ड अध्यक्ष तनुकलाल कुसयत यादव,शिव कुमार खेडवार सहित कार्य पालिका सदस्यहरू उपस्थिति जनाए । 

आगामी आर्थिक बर्षको लागि ६२ करोड ७२ लाख ३५ हजार ४ सय ८ रुपैयाँ बराबरको वार्षिक नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको छ।

यता, उपमेयर सुनिता सिँहले मेयर र हाकिमलाई भ्रष्ट भन्दै नारा लगाइन । उनले यदुकूहाचोकमा काँग्रेसका नेता कार्यकर्ता तथा आफ्ना समर्थकसहित मेयर यादव अधिकृत महतोविरुद्ध नारावाजी गरिन् । उनले दुवैलाई भ्रष्टको सँज्ञा दिँदै बाहिरबाट ठेकेदारसँग सेटिँग गरी भ्रष्टाचार गरेको आरोप लगाइन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८२ असार ९ सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus