जब छुवाछुतले आत्महत्या गर्न बाध्य बनायो, तब हारिन जितेकी बुधमाया...
बाबु प्रेम यदुवन्शी | महोत्तरी,२९ असार । गत असार २४ गते महोत्तरी जिल्ला अदालतमा ऐतिहासिक फैसला गरियो । जातिय भेदभाव तथा छुवाछुत मुद्दामा जिल्ला अदालतको वेन्च नं. २ बाट न्यायाधिश डण्डपानी शर्माले प्रतिवादीहरु २६ वर्षिया कमला गिरी र उनकी नावालिक छोरीलाई दोषी ठहर गर्यो र कमला गिरीलाई ६ महिना कैद,१० हजा

२०७५ असार २९ शुक्रबार, बेलुकी ५:३२ बजे३ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी,२९ असार । गत असार २४ गते महोत्तरी जिल्ला अदालतमा ऐतिहासिक फैसला गरियो ।
जातिय भेदभाव तथा छुवाछुत मुद्दामा जिल्ला अदालतको वेन्च नं. २ बाट न्यायाधिश डण्डपानी शर्माले प्रतिवादीहरु २६ वर्षिया कमला गिरी र उनकी नावालिक छोरीलाई दोषी ठहर गर्यो र कमला गिरीलाई ६ महिना कैद,१० हजार जरिवाना र ५० हजार क्षतिपुर्ती को आदेश गर्यो ।
यता उनकी छोरी नावालिक भएकोले उनको आधा सजाय अर्थात ३ महिना कैदको फैसला गर्यो । उनी एक वर्ष भित्र पुन सोहि प्रकृतिको अपराध गरेमा यो कैद समेत थप गरि भुक्तान गर्नु पर्ने अदालतको आदेश थियो ।
फैसला ऐतिहासिक भएकोले समग्र जातिय विभेद र छुवाछुतको भुक्तभोगीहरु खुशी थिए र अधिकाँस दलित समुदाय अदालतको फैसला प्रति सन्तुष्ट देखिन्थे तर अकस्मात वज्रपात पर्यो २७ गते बुधवार दिउसो ३ बजे अदालतबाट न्याय पाएकी बुद्धमाया विश्वकर्माले विष सेवन गरि आत्म हत्याको प्रयास गरिन ।
हाल बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उनको उपचार भैरहेको र अवस्था विस्तारै सामान्य हुदै गएको उपचारमा संलग्न चिकित्सकहरको भनाई छ ।
उहालाई कुरा गर्न मनाही गरिएको छ ।
किन गरिन आत्म हत्याको प्रयास ?
यस्तो भन्छिन बुद्धमाया कि छोरी मनिषा वैशाख १५ को दिन म बर्दिवास नगरपालिका वडा नं। ४ भप्सी टोल स्थित आफ्नै घर छेउमा रहेको धारामा पानी भर्न जादा सोहि ठाउ निवासी कमला गिरी कि छोरीले पानी किन छोएको भन्दै तथानाम भन्दै मलाई हातपात गरेकि थिईन । 
मलाई हातपात किन गरिएको भन्ने गुनासो गर्न आमा कमला गिरिको घरमा जादा उनले आमालाई समेत सोहि व्यवहार र कुटपिट गरिन । हामीले छरछिमेक र गाउ समाजमै समेत न्याय माग्यौ र वडा अध्यक्ष समेतलाई गुहार्यौ तर कसैले हामीलाई न्याय दिन सकेन ।
अन्तमा हामी विश्वकर्मा समाजका प्रदेश २ का अध्यक्ष मिन रहपाललाई गुहार्यौ र उनकै र सम्पुर्ण विश्वकर्मा समुदायको साथले वडा,ईलाका प्रहरी र अन्तमा जिल्ला प्रहरी कार्यालय पुग्र्या र तिन महिनाको निरन्तर संघर्ष,मुद्दा फिर्ता लिन दिइएको दवाव,गाउबाट वार्ने लगायतका धम्की लगायतका विभिन्न प्रताडनाहरु झेल्दै अन्तमा असार २४ गते न्याय पायौ र दोषीहरुलाई सजाय दिईयो ।
तर त्यो सजाय कानुनले दिएपनि समाजले उल्टै हामीलाई सजाय दियो । हामी अदालतको फैसला पश्चात समेत गाउमा पुग्दा वडावासीहरु बाटो काटेर हिड्न थाले ।
हामीलाई विगत भन्दा पनि हेय दृष्टीले हेर्नथालेपछि हामीले ठुलै गल्ती गर्यौ कि भन्ने आमा र म लगायत मेरो परिवारलाई पिडा हुन थाल्यो ।

पहिले संगै खेल्ने साथीसंगी र भलाकुसारी गर्ने गाउका मानिसहरु समेत हामीसंग वोल्न र हाम्रो अनुहार समेत हेर्दा अशुभ साईत भएझै गर्न थालेको पिडा आमालाई असह्य भयो ।
विगत तिन महिनाको विभिन्न मानसिक यातना, घरमै पुगेर विभिन्न व्यक्तिहरुले दिने गरेको धाक धम्की र अदालतको फैसला पछि समेत उल्टै हामीलाई दोषी र आरोपी झै व्यवहार गर्न थालेपछि आमा निक्कै तनावमा थिईन र उनले तत्काल आफ्नै जिवन समाप्त पार्ने प्रयास गरिन ।
छुवाछूत कहिले सम्म ?
हामीले के गल्ती गर्यौ अझै हामीलाई थाहा छैन ।
भन्छन नेपाल छुवाछुत मुक्त देश हो र यहा छुवाछुत गर्न पाईदैन भनेर हामीलाई गुरुहरुले सिकाएका छन तर आफैैसंग यस्तो व्यवहार र कुटपिट हुदा आवाज उठाउनु गल्ती हो त रु मनिषा यो प्रश्न समाजसंग गर्छिन ।
अहिले संघर्ष धेरै वाकि छ :
मिन रहपाल,विश्वकर्मा समाज प्रदेश २ अध्यक्ष राज्यले २०६८ सालमा जातिय छुवाछुत वारे ऐनको समेत व्यवस्था गरिसक्दा देशमा छुवाछुत अझै व्याप्त रहेकोमा अदालतको वर्तमान फैसलाले त्यसता छुवाछुत गर्नेहरुलाई कडा जवाफ दिएपनि वास्तवमै छुवाछुत अन्त्य गर्न अझै धेरै संघर्ष गर्नु पर्ने छ ।

जतिय विभेद र छुवाछुत समाजको उच्च भनाउदा जातिहरुको मानस पलटमा अझै गहिरो रुपले वसेकोले दिमागवाटै यो ननिकालेसम्म हामीजस्ता दलितहरु निरन्तर पिडित र प्रताडित भैरहने छौ ।
आज हामी सम्पुर्ण विश्वकर्मा समाजले आफुहरु विरुद्ध गरिएको कुटपिट र दुरव्यवहारमाथी चोटिलो जवाफ दिन सकेपनि अझै समाजले हामीलाई हृदय देखि अपनाउन सकेको छैन ।
हामी पनि मानव हौ र अन्य मानव जस्तै हाम्रो पनि भावना,वेदना सवै समान भएकोले हामीलाई एउटै आँखाले हेरिदिनुस ।
बुद्धमायालाई हामीले समयमै अस्पताल ल्याएर वचाउन सफल भयौ तर समाजबाट यसरी अपहेलित अर्को बुद्धमाया सायद अस्पताल पुग्न नसक्दा समाजको हेराई र दुईमनको भावनाले अकालमै ज्यान गुमाउनु पर्ने हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…