प्रदेश २ का मुख्यमन्त्री राउतलाई मातृशोक
न्यूज ब्यूरो | जनकपुरधाम, २९ असार । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ । करीब ७० वर्षको उमेरमा शुक्रबार दिउसो सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ । समान्य ज्वरो आए पछि उपचारको लागि तीन दिन अघि भारत विहारको रक्सौल स्थित डंक

२०७५ असार २९ शुक्रबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २९ असार । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ ।
करीब ७० वर्षको उमेरमा शुक्रबार दिउसो सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
समान्य ज्वरो आए पछि उपचारको लागि तीन दिन अघि भारत विहारको रक्सौल स्थित डंकन अस्पतालमा भर्ना उहाँको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई अन्तिम संस्कारको लागि आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लाने र भोली विहान ९ बजे मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाएका छन ।
मृतका राउतका २ छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा लालबाबु राउत प्रदेश नं. २को मुख्यमन्त्री हुनुहुन्छ भने कान्छो छोरा रामबाबु राउत कृषक हुनुहुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…