वीरगँजमा ओभर स्पीड रहेको कार दुर्घटना, एकको मृत्यू तीन गम्भिर !

२०८२ जेठ २७ सोमबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित रेनुका पेट्रोल पम्प नजिक आइतबार दिउँसो एक कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दिउँसो ३ बजे गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 55 B 9104 भएको कार आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि बारा जिल्लाको प्रसौनीस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा भारतको बिहार राज्य अन्तर्गत बेतिया, नरकटियागञ्जका करिब ४० वर्षीय गणेश सर्राफ रहेका छन्, जसको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

त्यस्तै, सुधीर सोनीका करिब २० वर्षीय छोरा रतन सर्राफको बायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। रामबाबु सर्राफका करिब २१ वर्षीय छोरा बिटु सर्राफको दायाँ खुट्टा, छाती र टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, करिब ३० वर्षीय अर्का व्यक्ति बिटु सर्राफ को टाउको, मुख र कानमा गम्भीर चोट लागेकाले उपचारको क्रममा अपराह्न ३स्५० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८२ जेठ २७ सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus