काठमान्डौँ भक्तपुर जलमग्न, राजमार्गमा सवारी डुब्ने पानी, ३ को मृत्यू !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ असार । हिजोदेखि परेको अविरल बर्षाका कारण भक्तपुर जलमग्न भएको छ भने राजमार्गमा सवारी डुब्ने गरी पानी चलिरहेको छ । बाढीका कारण राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे निकोसेरा सडक, लिवाली

२०७५ असार २८ बिहीबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ असार । हिजोदेखि परेको अविरल बर्षाका कारण भक्तपुर जलमग्न भएको छ भने राजमार्गमा सवारी डुब्ने गरी पानी चलिरहेको छ ।
बाढीका कारण राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।
दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् ।
लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ |

सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।
बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।
अनलाईनखवरको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…