रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान शुरु भएको छ । तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०८२ जेठ २२ बिहीबार, बिहान ७:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । पछिल्लो समय रौतहटमा श्रृंखलावद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ । एक महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो ।
यसअघि एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान माथी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो । तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ । मंगलबार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफनै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुग्दा उक्त महिला उतानो परी मृत अवस्थामा रहेको, निज मृतकले वान्ता गरेको, घटना सन्कास्पद रहेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताएका छन् ।
प्रहरी टोली घटनास्थल पुगेपछी मृतकका श्रीमान अनकेश यादव र सासु बर्ष ४६ की शान्ति देवी फरार रहेको कारण मृतकको ससुरा बर्ष ५१ को रामपुकार प्रसाद यादव लाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको रौतहट प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी अल्काको श्रीमान, सासु, ससुरा मिलेर कुटपिट गरी घाँटी थिचेर हत्या गरिर आत्महत्या देखाउन खोजेको माईती पक्षको दाबी रहेको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अल्का यादवको मृत्युको घटना सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान भइरहेको छ । उसको ससुरा संग घटनाबारे सोधपुछ जारी रहेको छ । पोष्टमार्टम रिपोर्टसंगै अनुसन्धान पूरा भएपछि घटनाबारे यकिनका साथ भन्न सक्ने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । यसका साथै फरार रहेका मृतकका श्रीमान र सासुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुई साता अघि मात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटको छोरा बर्ष २५ का अरमान राय भाट माथी ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो । उनी हालसम्म फरार रहेका छन् ।
त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान शुरु भएको छ । तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दाइजोलगायत विभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि भएको छ । घटनापछि राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधी कारबाहीबाट उम्किने गरेको कारण यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै गएको स्थानीयहरूले बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…