धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्यादेवी भुजेल, बैंक जनकपुरधाम शाखाकी रञ्जिता झा, धनुषाधाम सहित विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

२०८२ जेठ ११ आइतबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ ।
बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ । शनिबार बैंकका केन्द्रिय अध्यक्ष दिलिप कुमार ढुङ्गानाको अध्यक्षता र धनुषाधाम नगरपालिका प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष समारोहकाबीच शाखाको समुद्घाटन गरिएको छ ।
बैंकको शाखा स्थापनासंगै धनुषाधाम र सो क्षेत्रका नागरिकले वितिय सुरक्षाको अनुभुति गर्न सक्ने भन्दै स्थानिय जनप्रतिनीधीहरु खुसी व्यक्त गरेका छन् । धनुषाधाम र स्थानिय छेउछाउका जनप्रतिनिधीहरुले बैंकको सञ्चालन पछि जनताले सुरक्षा महशुस गर्नु स्वभाविक रहेपनि बैंकको सुरक्षा पनि नागरिककै दायित्व रहेको बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्यादेवी भुजेल, बैंक जनकपुरधाम शाखाकी रञ्जिता झा, धनुषाधाम सहित विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…