Water Park को अवस्था समान्य छ, पहिलझैँ सँचालनमा छ, तपाईहरु मनोरञ्जन गर्न आउनुसः प्रबन्धक
जनकपुर क्षेत्रमा ठुलो वाटरपार्क रहेको वन्डर ल्याण्ड वाटर पार्कले मनोरञ्जनकर्ता ग्राहकको भीड थाम्न सकिरहेका छैनन् । गर्मीमा वाटरपार्कमा नुहाउने तथा मनोरञ्जन गर्नेको सँख्या हजार बढी दिनहुँ आउने गरेको बताईएको छ । आजदेखि वाटरपार्क सौहार्द वातावरणमा सँचालनमा रहेको प्रबन्धक जैनले जानकारी दिए ।

२०८२ जेठ ४ आइतबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–महेन्द्रनगर सडकखण्ड अन्तरर्गत धनुषाको रमदैयास्थित रहेको वन्डरल्याण्ड वाटर पार्कमा शनिबार भएको तोडफोडपछि पुनः सँचालनमा रहेको जनाएको छ ।
केही विद्यार्थीहरुको अराजक समूहले वाटरपार्कमा तोडफोड गरेर क्षति पुरयाएपनि आईतबारदेखि पहिले झैँ सँचालनमा ल्याएको हो । रातभरि मर्मत कार्य सम्पन्न भएपछि आजदेखि पुनः सँचालनमा आएको हो ।
शनिबार कक्षा १२ का विद्यार्थीहरुको लागि राखिएको एक कार्यक्रममा अत्यधिक भीड बढेपछि केही उच्छृँगल विद्यार्थीहरुले सिसिटीभी, गेट र अन्य सजावट वस्तुसहित रुख विरुवाहरु तोडफोड गरेका थिए । मर्मतपछि पुनः सँचालनमा आएको वाटरपार्कका सँचालक गुड्डु जैनले जानकारी दिए ।
जनकपुर क्षेत्रमा ठुलो वाटरपार्क रहेको वन्डर ल्याण्ड वाटर पार्कले मनोरञ्जनकर्ता ग्राहकको भीड थाम्न सकिरहेका छैनन् । गर्मीमा वाटरपार्कमा नुहाउने तथा मनोरञ्जन गर्नेको सँख्या हजार बढी दिनहुँ आउने गरेको बताईएको छ । आजदेखि वाटरपार्क सौहार्द वातावरणमा सँचालनमा रहेको प्रबन्धक जैनले जानकारी दिए ।
केही विद्यार्थीहरुले शनिबार करिब ३० लाखको क्षति गरिदिएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…